२४ माघ २०७९, मंगलवार

आत्मनिर्भर लघुवित्तले आईपीओ बिक्री खुला गर्ने

प्रकाशित मिति :  ६ माघ २०७९, शुक्रबार १२:५४


६ माघ, काठमाडौं । आत्मनिर्भर लघुवित्तले आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्न लागेको हो । यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई माघ १६ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो ।

लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५५ ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसमा फागुन १५ गतेसम्म सर्वसाधारणहरूले आवेदन दिन सकिनेछ भने कम्पनीले सो अवधिमा सबै शेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

यसमा माघ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सकिनेछ । दुवैले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिसेयर एक सय रुपैयाँअंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये २० हजार ३३८ कित्ता सेयर अर्थात् १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको हो । जारी पुँजीको ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरु र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरका लागि आवेदन दिन सक्ने छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था अथवा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा







बागलुङको धुल्लु गाउँ
नेपालबहस संवाददाता