सोलुमा ६५ जनाले लिए अङ्गीकृत नागरिकता
नेपालबहस संवाददाता
माघ ८, २०७९ आइतबार १५:२:२१
८ माघ, सोलुखुम्बु । पछिल्लो दुई दशकयता सोलुखुम्बुमा ६५ महिलाले अङ्गीकृत नागरिकता लिएका छन् । विसं २०५८ देखि हालसम्म ६५ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अङ्गीकृत नागरिकता लिनेमा ४९ भारतीय र १६ चिनियाँ रहेको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताए । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई विवाह दर्ता गर्नेबित्तिकै नेपाली नागरिक हुने कानुनी व्यवस्था छ ।
नेपालको संविधानको धारा मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भन्ने व्यवस्था छ । यस्तै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्षको नौ महिनामा दुई हजार चार सय आठ थान नेपाली नागरिकता वितरण गरेको छ ।
यसमा चार सय ५० जनाले प्रतिलिपि लिएको सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बताए । सोही अवधिमा जिल्लामा चार महिलाले नागरिकताबाट पतिको नाम हटाएका छन् । उनीहरुले सम्बन्धविच्छेदपछि नागरिकताबाट पतिको नाम हटाएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
कालिकोटको महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार