जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको व्यापारिक मेला हुने
नेपालबहस संवाददाता
माघ ८, २०७९ आइतबार १९:३४:४८
८ माघ, धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ‘जनकपुरधाम व्यापार मेला २०७९’ आयोजना गर्न लागिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानलाई एउटै छानामुनि सहभागी गराई अनुभव आदानप्रदान तथा व्यापारको नयाँ आयाम एवं सम्भाव्यता सिर्जना हुने आशाका साथ व्यापारिक मेलाको आयोजना गर्न लागिएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।
मेलामा स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यलगायत सार्क राष्ट्र भारत, पाकिस्तान र बङ्गलादेशका विभिन्न क्षेत्रका व्यापारीको पनि सहभागिता रहने आयोजक महासेठले बताए ।
औद्योगिक अवसरको सम्भावित अध्ययन तथा क्षेत्रीयस्तरमा लगानी गरी विदेशबाट आउने व्यापारी तथा उद्योगीलाई प्रोत्साहित गरी स्थानीय तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धमा विस्तारका लागि सहकार्य गरिने अध्यक्ष महासेठले आज जनकपुरधाममा पत्रकार सम्मेलनमा बताए ।
महासेठले पत्रकार सम्मेलनमा यस बृहत् मेलाले पर्यटन विकासमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गरे । आगामी फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछी परिसरमा आयोजना हुने जनकपुरधाम व्यापार मेलामा एक सय ५० भन्दा बढी कक्ष रहनेछन् । उक्त मेलामा एक लाखभन्दा बढी अवलोकनकर्ताको आगमन हुने अपेक्षा गरिएको संघका महासचिव मनोजकुमार साहले बताए ।
कार्यक्रमको मुख्य आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघ तथा सहआयोजक सिया इभेन्टस रहेको छ । व्यापार मेलामा पाइने विशेष सामानमा अटोमोबाइल्स, गार्मेन्टस, कन्स्ट्रक्सन बैंक, होम सप्लायर्स, हेल्थ एन्ड फिटनेस, छालाजन्य उत्पादन, किचेनवेयर तथा यस क्षेत्रका स्थानीय एवं नवीनतम उत्पादन रहने संघका वरिष्ठ उपाध्यक्ष मनिस साहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार
सावारी दुर्घटनामा पत्रकार यादवको मृत्यु
बैशाख ११, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
सावधान ! प्लाष्टिकको प्रयोगले हुन्छ यस्तो डरलाग्दो असर !
बैशाख ११, २०८१ मंगलबार
वीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार
सावारी दुर्घटनामा पत्रकार यादवको मृत्यु
बैशाख ११, २०८१ मंगलबार
नेकपा एसले बोलायो स्थायी कमिटी बैठक
बैशाख ११, २०८१ मंगलबार
देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : सभामुख घिमिरे
बैशाख ११, २०८१ मंगलबार