महिलाको संघर्ष र साहसको कथामा ‘देउराली डाँडी’
नेपालबहस संवाददाता
माघ ८, २०७९ आइतबार २०:७:१०
८ माघ, काठमाडौं । वान वल्र्ड थिएटर नेपालसँगको सहकार्यमा तयार भएको नाटक ‘देउराली डाँडी’ को मञ्चन पिङ्गलास्थानको ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’मा भइरहेको छ । रङ्गकर्मी सहलेसको लेखन तथा अमेरिकी रङ्गकर्मी रोज स्वाइट्जको निर्देशनमा तयार पारिएको नाटक गुरुङ समुदायमा प्रचलित घाटु नृत्यमा आधारित छ ।
घाटु नृत्य प्रदर्शन गर्ने गाउँको कथा भनिएको सो नाटकमा धेरै वर्षअघि फैलिएको महामारीले गाउँका सम्पूर्ण पुरुष परदेश गएका देखाइएको छ । उजाडिएको देउरालीमा महिलाले गरिरहेको संघर्षकै बीच महामारीको लक्षण पुनः देखापरेपछि वैदेशिक रोजगारीमा जानुपर्ने डरले त्रस्त बनेको वातावरणलाई चित्रण गरिएको छ । संघर्षको अन्तिम समयसम्म महिलाले घाटु नाचको कथा र गाउँको पुरानो जीवनशैली खोज्ने साहस र आशा नै ‘देउराली डाँडी’ हो ।
दिया मास्के, पशुपति राई, मेनुका प्रधान, बिनिता थापामगर, रञ्जना भट्टराई र सरस्वती चौधरीको अभिनय रहेको नाटक लम्जुङको नाल्मा गाउँमा गरिएको घाटु नाचको अध्ययन–अनुसन्धानको आधारमा बनाइएको निर्देशक स्वाइट्जले जानकारी दिए ।
एक घण्टा ५० मिनेटको उक्त नाटक विदेश जान विमानस्थलमा लाम बसेकाको सपना र विदेशबाट लास बनेर फर्केकाको विपनालाई चित्रण गरिएको छ । हुम बिसीले डिजाइन गरेको देउराली डाँडीको सुकेको रूख र दृश्य परिवर्तनले रङ्गमञ्चको पृष्ठभूमिमा राखिने सेतो र खैरो रङका पर्खाल र गाउँको ढुङ्गे धाराले कथाको भावलाई अथ्र्याएको पाइन्छ । सन्जिता पराजुलीको कस्ट्युममा कलासंस्कृति र पहिचान झल्काउने वेशभूषामा कलाकारहरू स्वभाविक देखिएका छन् । रङ्मञ्चको एउटा कुनामा बसेर धुन बजाइरहेका वाद्यवादक चन्द्रकुमार गन्दर्भ र सुबलमणि सापकोटाको मधुर धुन नाटकभर सुनिन्छ । सह–निर्देशक विजया कार्कीका अनुसार यो नाटक माघ १५ गतेसम्म नियमित मञ्चन हुनेछ । “नाटकले विदेसिने परम्परामा रहेका पुरुष र महिलाको बाध्यतालाई पनि चित्रण गरेको छ । यसमा घाटु नाच र विदेसिने संस्कृतिले निम्त्याएको अवस्थालाई चित्रण गर्न खोजिएको छ”, सहनिर्देशक कार्कीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
आज महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने दिन
कात्तिक २७, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार