२४ माघ २०७९, मंगलवार

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

प्रकाशित मिति :  ८ माघ २०७९, आईतवार १४:३६


८ माघ, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोनाम ल्होछार पर्वका अवसरमा देश तथा विदेशमा रहने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना दिएको छ ।

मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने यस पर्वले नेपालीबीच सद्भवा, भातृत्व र एकता मजबुत हुने उल्लेख गरे । विभिन्न जातजाति र समुदायले आ–आफनो शैली तथा परम्पराअनुसार मनाउने विभिन्न पर्वले सामाजिक र सांस्कृतिकरुपमा नेपाललाई धनी बनाएको उनले बताए । मुख्यमन्त्री कार्कीले यस अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गरेको छ ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा