प्रवासीको सहयोगमा कम्प्युटर ल्याब स्थापना

नेपालबहस संवाददाता
माघ ८, २०७९ आइतबार २०:३१:५३

८ माघ, बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ‘एक प्रदेश, एक कम्प्युटर ल्याब’ स्थापना गरिएको छ । सन् २०२१ मा कोलम्बस म्याराथन गरेका ओम दाहालको नेतृत्वमा अमेरिकामा रहेका नेपालीको संस्था एशोसिएशन अफ नेपलिजइन मिडवेष्ट अमेरिका (आन्मा)को सहयोगमा संकलन गरिएको सहयोग रकमबाट उक्त विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको हो ।
कोलम्बस म्याराथनको अभियान ‘एक प्रदेश एक कम्प्युटर ल्याब’अन्तर्गत अमर माविसहित देशका विभिन्न १० सरकारी विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको अभियान्ता दाहालले बताए । उनका अनुसार १० वटा कम्प्युटर ल्याब स्थापनाका लागि तीन सय आठ सहयोगदातामार्फत रु ३८ लाख चार सय ४४संकलन भएको थियो । अमर माविको ल्याब स्थापनामा कार्यसमिति सदस्य सन्दिप सिंहले मात्रै रु तीन हजार अमेरिकी डलर सहयोग गरेको थियो ।
विद्यालयमा आयोजित कार्यक्रममा समन्वयकर्ता कमला दाहाल र संस्थाका नेपाल प्रतिनिधि कुन्दन शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर बुढा र प्रधानध्यापक पृर्थबहादुर थापालाई १० थान कम्प्युटर, एक सेट प्रोजेक्टर र एक थान प्रिन्टर प्रदान गरेको थियो ।
उक्त कम्प्युटर ल्याबको नाम मुख्य सहयोगदाता सन्दिप सिंहकै नामबाट नामाकरणसमेत गरिएको छ । समन्वयकर्ता कमला दाहालले ग्रामीण भेगमा रहेको विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएपछि आधुनिक सूचना प्रविधिकको पहुँच र प्रयोगबाट विद्यालयका शैक्षिक प्रगति र विद्यार्थीलाई कम्प्युटर शिक्षा लिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त विद्यालयले २०६७ सालदेखि नै कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्दै आएको थियो । काठमाडौँस्थित चिमखोले सहयोग समितिबाट प्राप्त भएका कम्प्युटरमार्फत पठनपाठन सुरु गरिएपनि पछिल्लो समय पुराना कम्प्युटर जीर्ण भएकाले आन्मा संस्थामार्फत ल्याब नै स्थापना भएपछि राहत भएको विद्यालयले जनाएको छ । एकसय ३० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा कक्षा ५ देखि १० सम्म कम्प्युटर विषयको पठनपाठन हुँदै आएको छ ।
विद्यालयमा दिवङ्गत सुवेदार नरजङ पुनको नाममा क्याप्टेन पदमबहादुर पुन र क्याप्टेन लोकबहादुर पुनको परिवारले कम्प्युटर कक्ष निर्माण गरिदिएको थियो । आन्मा संस्थाले म्याग्दीको अमरमाविसँगै बैतडीमा दुई, दैलेखमा दुई, प्यूठानमा एक, सिन्धुपाल्चोकमा एक, सप्तरीमा एक, तेह्रथुममा एक र इलाममा एक सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिसकेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १४, २०८० बिहिबार
अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता
मंसिर १३, २०८० बुधबार
नेकका इन्जिनियरले बनाए हाते सेफ्टी ट्याङ्की पम्प
मंसिर ९, २०८० शनिबार
असहाय र जेष्ठ नागरिकको अभिभावक बन्दै दमक नगरपालिका
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार
निगमको बदमासीले बिहीबार ८० प्रतिशत तेल बिकेन, कति भयो घाटा ?
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
पश्चिम नवलपरासी कांग्रेसमा देखिएको विवाद समाधान गर्न शेखर कोइराला तयार
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
राजतन्त्र बारे गणतन्त्रवादीले जवाफ दिनुपर्ने प्रश्न
बद्रीनरसिंह के.सी.
मंसिर १५, २०८० शुक्रबार
उस्तै अर्थनीति फरक दल : रास्वपाको उदार अर्थनीति क्रोनिक र दलाल अर्थनीति भन्दा फरक होला ?
मंसिर १६, २०८० शनिबार
स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु , बसमा आगो लगाएर प्रदर्शनमा उत्रिए स्थानीय
मंसिर १६, २०८० शनिबार
नेपाल किसान महासंघ नेपाली कांग्रेसको एकमात्र भरोषायुक्त र बलियो संगठन
मंसिर १६, २०८० शनिबार
ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
मंसिर १६, २०८० शनिबार
वीरगञ्जमा खुल्यो घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स
मंसिर १६, २०८० शनिबार
भाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
मंसिर १६, २०८० शनिबार
काठमाडौंमा चाँडै पानी ल्याउन मेलम्ची पुगे मन्त्री यादव
मंसिर १६, २०८० शनिबार
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास
मंसिर १६, २०८० शनिबार