२४ माघ २०७९, मंगलवार
सशस्त्र प्रहरी

रौतहटका एसपी कार्की उत्कृष्टको उपाधि लिन आउँदै गर्दा बाटोबाटै उपाधि खोसियो

प्रकाशित मिति :  ८ माघ २०७९, आईतवार १४:४८


८ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलले परस्कृत गर्न बोलाइएका एसपी ध्रुव कार्की बाटोबाटै फिर्ता भएका छन् । सशस्त्रको वार्षिकोत्सवमा सबैभन्दा उत्कृष्ट बटालियनले प्राप्त गर्ने रनिङ शिल्ड लिन बोलाइएका कार्कीलाई बाटोबाटै फिर्ता पठाइएको हो ।

उनकै गणमा गम्भीर त्रुटी फेला परेपछि उनलाई फिर्ता पठाइएको स्रोतको दावी छ । उनकै मातहतमा रहेको एउटा बीओपीले आर्थिक अपचलन गरेको फेला परेपछि उनलाई रोकिएको सशस्त्र मूख्यालय स्रोतले जनाएको छ ।

यो वर्ष विभिन्न गणमध्ये रौतहटको गण पहिलो भएकाले उसलाई भोलि उक्त शिल्ड प्रदान गर्ने तयारी भएको थियो ।


832
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा