२४ माघ २०७९, मंगलवार
अपराध
नेपाल प्रहरी

प्रतिनिधिसभाका सांसद कोइरीलाई समाउन ७७ वटै जिल्लामा प्रहरीको सर्कुलर

प्रकाशित मिति :  ८ माघ २०७९, आईतवार १६:१०


८ माघ, काठमाडौं । नेपाल प्रहरीले हत्या अभियोग लागेका नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको छ । गृहमन्त्रीमाथि पक्राउ गर्न चौतर्फी दवाव बढेपछि कोइरीलाई पक्राउ गर्न प्रहरी मुख्यालयले सर्कुलर जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईले कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा प्रहरी कार्यालयमा सर्कुलर जारी गरेको जानकारी दिएका छन् । उनले गृहमन्त्री रवि लामिछानेले निर्देशन दिनेबित्तिकै पनि सर्कुलर जारी भएको र फेरि पनि देशभर सर्कलर जारी गरिएको बताए । यसअघि, गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न दिएको निर्देशन कार्यान्वयन नभएकोप्रति कांग्रेसले संसदमै गम्भीर ध्यानाकर्षण गराएको थियो ।

गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नटेरेको भन्दै सामाजिक सञ्जालमा आलोचनासमेत भएपछि प्रहरीले उनको खोजीकार्य जारी रहेको जनाउँदै सर्कुलर जारी गरेको हो । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको हत्या गरेको अभियोग कोइरीमाथि लागेको छ । कोइरीले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतसमेत दिएका थिए ।

नेकपा एमालेका तर्फबाट महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा उनी निर्वाचित भएका थिए । उनलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि एक लाख धरौटीमा रिहा गरेको थियो । तर, पुनरावेदनपछि उच्च अदालत जनकपुरबाट उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश भएको थियो । उच्च अदालतको आदेशपछि भने प्रहरीले उनलाई पक्राउ पर्न सकेका छैन । उनी प्रहरीको फरार सूचीमा रहेका छन् ।


897
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा