पुरानो मेडिकल कलेजमा निःशुल्क विशिष्टिकृत न्यूरो मेडिसिन सेवा शुरु
नेपालबहस संवाददाता
माघ ८, २०७९ आइतबार २३:४:२५
८ माघ, चितवन। कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल ‘पुरानो मेडिकल कलेज’भरतपुरले निःशुल्क न्यूरो मेडिसिन सेवा शुरु गरेको छ । अस्पतालले विशिष्टिकृत सेवा बिस्तार गर्ने क्रममा ओपिडि टिकट निःशुल्क गरेर न्यूरो मेडिसिन सेवा शुरु गरेको हो ।
यस विभागमा उपचार गर्न आउने बिरामीका लागि प्रयोगशाला ‘ल्याब’ र रेडियोलोजी सेवामा ५० प्रतिशत छुट दिईएको अस्पतालले जनाएको छ । भारतको एम्सबाट डिएम गरेका न्यूरोलोजिष्ट प्रा.डा. अभयकान्त तिवारी आएसँगै अस्पतालले यो सेवा शुरु गरेको हो । प्रा.डा. तिवारीसँग ३५ वर्ष लामो अनुभव रहेको छ । अस्पतालमा लामो समयदेखि न्यूरो मेडिसिन सेवा पूर्ण रुपमा सञ्चालन हुन सकेको थिएन ।
यसैगरी उपप्राध्यापक डा. प्रवेश पन्तले पनि सोही विभागबाट सेवा दिंदै आएका छन । डिएम अध्ययनरत पन्त र प्रा।डा। तिवारीले न्यूरो मेडिसिन विभागका सम्पूर्ण उपचार सेवा दिंदै आएको अस्पतालले जनाएको छ । अस्पतालबाट अब नशाका विभिन्न समस्याहरुको उपचार हुनेछ ।
टाउको दुख्ने, माइग्रेन, हातखुट्टा झम्झमाउने, हातखुट्टा बाउडिने, हातखुट्टा पोल्ने, उठ्न बस्न गाह्रो हुने, प्यारालाइसिस, छारेरोग, स्मरण शक्तिमा कमी, पार्किन्सन्स, नशा च्यापिएको लगायत नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार हुने न्यूरो मेडिसिन विभागका प्रमुख समेत रहेका प्रा.डा. तिवारीले बताए ।
विश्वमा न्यूरो मेडिसिन अन्तर्गत धेरै बिरामी हुने गरेको बताउँदै प्रा.डा. तिवारीले भने “कतिपय बिरामीलाई आफूलाई भएको समस्या न्यूरोलोजिष्टकोमा जानुपर्छ भन्ने ज्ञान पनि छैन ।” आकस्मिक कक्षमा पनि न्यूरो मेडिसिनका बिरामी आउने गरेको उनको भनाई छ । प्रा.डा. तिवारीले भने “धेरै लामो समयदेखि रोग लागेका बिरामीहरु पनि यस विभागमा आउने गर्दछन् ।”
प्यारालाईसिसको समस्या धेरै आउने गरेको भन्दै प्रा.डा. तिवारीले २० वर्ष अघिसम्म यस्ता बिरामीको कुनै उपचार नहुने गरेको जानकारी दिए । प्रा.डा. तिवारीले भने “अहिले प्यारालाईसिस भएका बिरामी समयमा अस्पताल आईपुगेमा पूरै निको हुन्छ ।” प्यारालाईसिस उपचारमा निकै ठूलो प्रगति भएको उनको भनाई छ । प्यारालाईसिस भएको लामो समयपछि उपचारमा आउनेहरुको पनि ५० देखि ६० प्रतिशत निको हुने गरेको बताउँदै प्रा.डा. तिवारीले भने “यस्ता बिरामी पनि उपचारपछि आफ्नो काम गर्न सक्षम हुन्छन् ।”
यसैगरी २० प्रतिशत मानिसहरुलाई टाउको दुख्ने समस्या हुने गरेको भन्दै उनले १० प्रतिशतलाई दैनिक कामलाई असर गर्ने गरी टाउको दुखाई हुने गरेको जानकारी दिए । सामान्य र गम्भीर प्रकृतिको टाउको दुखाईको पनि उपचार हुने र आफूहरुले निको बनाउने सक्ने प्रा.डा.तिवारीले बताए । ब्रेन इन्फेक्सन पनि अर्को समस्याका रुपमा आउने गरेको छ । उनका अनुसार ब्रेडमा ट्यूमर, ब्रेन ह्यामरेज, भाईरल इन्फेक्सन जस्ता समस्याको पनि समयमा उपचार गरेमा निको पार्न सकिन्छ ।
उपप्राध्यापक डा. प्रवेश पन्तले अस्पतालमा पक्षघातका बिरामीहरु चारदेखि पाँच घण्टामा आईपुगेमा तुरुन्त उपचार गरेर बिरामी दुई तीन दिनमा निको बनाउन सकिने बताए । यस्तै मेनेन्जाईटिस, इन्सेफ्लाईटिस, पक्षघात हुने लक्षणहरु, काम्ने रोग, भुल्ने ‘अल्जाईमर’, हातखुट्टा काप्ने, हातखुट्टा झम्झमाउने, पोल्ने लगायतका सम्पूर्ण नसा सम्बन्धी रोगहरुको उपचार अस्पतालबाट हुँदै आएको डा. पन्तले जानकारी दिए ।
निकट भविष्यमै ईलेक्ट्रिकल करेन्टको माध्यमबाट नसाको रोग पत्ता लगाउने प्रविधि पनि शुरु गर्दै गरेको डा. पन्तले बताए । मांसपेशी सम्बन्धी रोगहरु ‘एएमजि’ विस्तारै शुरु गर्ने तयारी गरिएको छ । हाल टाउकोको मृगी रोग, छारेरोगका लागि ईईजि सेवा सञ्चालनमा रहेको उनले जानकारी दिए । यस्तै शरीरको प्रतिरोधात्मक क्षमताले गर्दा नसालाई असर पार्ने रोगहरुको पनि उपचार हुँदै आएको उपप्राध्यापक डा. पन्तले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
वेस्ट इन्डिज 'ए' टिमको लगेज लोड गरेको गाडीको तस्बिर बन्यो भाइरल, क्यानको तीव्र आलोचना !
बैशाख १२, २०८१ बुधबार