२४ माघ २०७९, मंगलवार
राजनीति

मन्त्रिपरिषलाई पूर्णता दिने मुख्यमन्त्री शर्माकाे तयारी

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार ११:१३


९ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । विस्तरकाे तयारी रहेकाे उनले बताएका छन् ।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीचको सिटको बाँडफाँट टुंगाे यसअघि नै लागिसकेको जनाउँदै उनले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जानकारी दिए । ‘अब आजभोलिसम्म हामी मन्त्रिपरिषद् विस्तारका साथै यसलाई पूर्णता दिन्छौं’ उनले भने, ‘सत्तारुढ दलभित्र भएको सहमति कार्यान्वयनका सन्दर्भमा विमति छैन । मन्त्रालय समायोजन गर्ने कुरामा आएका प्राविधिक कठिनाइका विषयमा छलफलमा छौं ।’

एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताए । मन्त्रालय समायोजनको कुरा मुख्यमन्त्री नेतृत्वको सरकारले गर्ने जनाउँदै उनले मन्त्रिपरिषद्लाई पूर्णता दिने जिम्मेवारी आफूमा नरहेको स्पष्ट पारे ।

कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनालले मन्त्रालय समायोजनको प्राविधिक प्रक्रियालाई छिट्टै टुङ्ग्याइने बताए । उनले भने, ‘अब जे जसो गरी भए पनि मन्त्रालय समायोजनको विषयमा छिट्टै टुंगाे लाग्छ ।”


52
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा