९ माघ, विराटनगर । प्रदेश १ को प्रदेशसभाले नयाँ सरकार दिनुको साथै सभामुख र उपसभामुखको निर्वाचन भइसकेको छ । सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र उपसभामुखमा उदयपुरकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । उपसभामुख निर्वाचन सम्पन्न भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभा कहिले बस्ने भन्ने कुनै टुङ्गो छैन ।
जनसरोकारका विषयहरूमा पनि सांसदहरूले सरकारलाई कुरा सुनाउने थलो भएको कारण नयाँ संसद् नचलाउनुले सरकारले आलोचना भइरहेको बेला प्रदेशसभाका सभामुख बाबुराम गौतमले माघ २० यता प्रदेशसभाको बैठक आव्हान हुने सम्भावना कम रहेको बताए । आव्हानमा भएकाे ढिलाइले जनसराेकार विषयमा छलफल गर्ने विषय अनिश्चित बन्दै गएकाे भन्दै सांसदहरूले बैठककाे माग गर्न थालेका छन् ।
नयाँ संसद्लाई बिजनेस दिनका लागि पनि सरकारले गम्भीरतापूवर्क तयारी गरिरहेको उनले बताए । संसदका सबै दलसँग छदफल गरेर संसद बस्नेबारे टुंगोमा पुग्ने उनले बताए ।
कार्यविभाजन भएका मन्त्रीहरूले आजबाट कार्यभार सम्हाल्दैछन् । केही दिन उनीहरुबधाइ शुभकामना लिनमै समय व्यतित हुने भएका कारण पनि बैठक अलिक पछाडि बस्ने तयारीमा सभामुखको सचिवालयले जनाएको छ । सरकारको निर्णय र सभामुखको पत्रमा प्रदेश प्रमुखले संसद बैठक आह्वान गर्ने व्यवस्था छ । संसदकाे मुख्य काम प्रदेशकाे नामाकरण गर्नु रहेकाे छ ।