२४ माघ २०७९, मंगलवार
क्रिकेट

५ लाख रूपैयाँसम्म लिएर ‘सफ्ट फिक्सिङ’ खेलेकाे सीआईबीकाे निष्कर्ष

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार १४:४९


९ माघ, काठमाडौं । पुषको अन्तिम हप्ता सम्पन्न नेपाल टी २० लिग क्रिकेटमा ‘सफ्ट फिक्सिङ’ भएको निष्कर्षसहित छानविन समितिले प्रतिवेदन बुझाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टीमले त्यसबारे सीआईबीका एआईजी उत्तमराज सुवेदीलाई प्रतिवेदन बुझाएको हो ।

समितिले ‘सफ्ट फिक्सिङ भएको तथ्यसहित थप अनुसन्धान गर्न सिफारिस गरेको छ । समितिको प्रतिवेदनको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलमलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका अर्का सदस्य आदिल अन्सारीलाई ब्यूरोले सप्तरीको राजविराजबाट पक्राउ गरेको छ । अन्य एकजनालाई पनि पक्राउ गरेको जनाएपनि परिचय खुलाइएको छैन ।

‘सफ्ट फिक्सिङ’ खेल्ने खेलाडीले ५ लाखसम्म लिने गरेको पाइएको छ । सो रकम खेलाडीहरुको खातामा जम्मा भएको देखिएको छ ।प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् ।

लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ ।


91
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा