२४ माघ २०७९, मंगलवार
राजनीति

बाग्मती प्रदेशमा पनि मन्त्रालय संख्या घटाउँदै

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार १५:४८


९ माघ, काठमाडौं । बाग्मती प्रदेशमा पनि मन्त्रालयको संख्या घटाउने भएको छ । यसनिम्ति गठित मन्त्रालय निर्धारण कार्यदलले आज प्रतिवेदन बुझाउँदैछ ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गत पुस २६ गते मुख्यमन्त्रीको पदभार ग्रहण गरे लगत्तै संख्या घटाउने निर्णय गरी मन्त्रालय निर्धारण गर्न कार्यदल गठन गरेका थिए ।

अब मन्त्रालय १० देखि ११ वटा मात्र बनाइनेछ । अहिले १४ मन्त्रालय छन् ।

आजै मात्र गण्डकी प्रदेशमा कायम रहेको १२ मन्त्रालयलाई ७ मा झारेको छ । अनायश्वक खर्च कटौती गर्न भन्दै मन्त्रालय संख्या घटाउन लागिएको हो ।


65
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा