‘बाहुबली २’ एडभान्स बुकिङमा पहिलो नम्बरमा
नेपालबहस संवाददाता
माघ ९, २०७९ मंगलबार ०:५:४०
९ माघ, मुम्बई । अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ । यो फिल्म रिलिज अघि नै भारतमा करिब ३ लाख टिकट एडभान्स बुकिङ भइसकेको छ । शाहरुखले अभिनय गरेका फिल्ममध्ये यो फिल्मको सर्वाधिक एडभान्स टिकट बुकिङ भएको हो । तर यसअघिका फिल्मको बुकिङ तथ्यांकलाई हेर्ने हो भने ‘बाहुबली’ पहिलो नम्बरमा छ ।
बाहुबली-२
प्रभास अभिनित फिल्म ‘बाहुबली २’ एडभान्स बुकिङमा पहिलो नम्बरमा छ । यो फिल्मको एडभान्स बुकिङमा ६ दशमलब ५० लाख टिकट बिक्री भएको थियो ।
केजीएफ-२
साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफ-२’ सूचीमा दोस्रो नम्बरमा छ । यो फिल्मको रिलिजअघि करिब ५ दशमलब ११ लाख टिकट बिक्री भएको थियो ।
वार
ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ले रिलिजअघि नै एडभान्स बुकिङमा आफूलाई अब्बल साबित गरेको थियो । फिल्मको रिलिजअघि करिब ४ दशमलब ५ लाख टिकट बिक्री भएको थियो ।
प्रेम रतन धन पायो
सलमान खान र सोनम कपूरको फिल्म ‘प्रेम रतन धन पायो’ को एडभान्स बुकिङमा ३ दशमलब ४० लाख टिकट बिक्री भएको थियो ।
ठग्स अफ हिन्दोस्तान
बक्सअफिसमा फ्लप भएको आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले एडभान्स बुकिङमा तहल्का मच्चाएको थियो । यो फिल्म रिलिजअघि नै करिब ३ दशमलब ३० लाख टिकट बिक्री भएको थियो ।
भारत
सलमान खानको फिल्म ‘भारत’को एडभान्स बुकिङमार्फत ३ दशमलब १६ लाख टिकट बिक्री भएको थियो ।
सुल्तान
सलमान खानकै अर्को फिल्म ‘सुल्तान’को रिलिज हुनुअघि ३ दशलमब १० लाख टिकट बिक्री भएको थियो ।
ब्रह्मास्त्र र दंगल
अभिनेता रणवीर कपूरको फिल्म ‘ब्रह्मास्त्र’ र आमिर खानको फिल्म ‘दंगल’को रिलिजअघि ३ दशमलब ५ लाख टिकट बिक्री भएको थियो ।
सञ्जू
अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’को रिलिजअघि नै २ दशमलब ९४ लाख टिकट बिक्री भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
'टिकटक'बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्नेकी प्रतिबन्ध झेल्ने !
बैशाख १३, २०८१ बिहिबार
चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार