एमालेको सबै जनवर्गीय सङ्गठनको सम्मेलन मिति घोषणा
नेपालबहस संवाददाता
माघ १०, २०७९ मंगलबार २०:९:१९
१० माघ, काठमाडौं । नेकपा ‘एमाले’को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन÷सम्मेलन मिति तय गरिएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन÷सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिए । उनका अनुसार सबै जनसङ्गठनले चैत मसान्तभित्र अधिवेशन÷सम्मेलनका लागि मिति घोषणा गरेका हुन् ।
गत पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न जनसङ्गठनको भेलाले आगामी चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन÷ सम्मेलन गर्ने निर्णय गरेका थिए । सदस्य खड्काले सबै जनसङ्गठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन÷सम्मेलनको मिति तोकेको जानकारी दिए । उनका अनुसार अनेरास्ववियुको आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा, नेपाल खेलकुद महासंघको फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको चैत ११ र १२ गते काठमाडौंमा सम्मेलन हुने भएको छ ।
यस्तै लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको चैत १८ र १९ गते काठमाडौं, नेपाल पिछडा वर्ग महासंघको चैत २२ र २३ गते वीरगञ्जमा, पेसागत महासंघ नेपालको चैत २४ र २५ गते काठमाडौंमा, अखिल नेपाल महिला संघको चैत २५ देखि २६ गते काठमाडौंमा, अखिल नेपाल किसान महासंघको चैत २६ देखि २८ गते नवलपुरमा र राष्ट्रिय युवा संघको चैत २७ देखि २९ गतेसम्म बाँकेमा सम्मेलन हुने जनाइएको छ।
एमाले र तत्कालीन नेकपा ‘माओवादी केन्द्र’ सँगको पार्टी एकताबाट नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ बनेपछि जनवर्गीय सङ्गठनका अधिवेशन नियमित हुन सकेका थिएनन् । एमालेका २३ जनवर्गीय सङ्गठन छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चको फैसला नआएसम्म कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागि नहुने
बैशाख ७, २०८१ शुक्रबार
जसपाकी सांसद हसिनाले लिइन् शपथ
बैशाख ७, २०८१ शुक्रबार
कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार