२४ माघ २०७९, मंगलवार
समाज

प्रधानमन्त्री निस्किए लगत्तै संसद भवनअघि आचार्यद्वारा आत्मदाहको प्रयास

प्रकाशित मिति :  १० माघ २०७९, मंगलवार १६:०२


१० माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेर बाहिरिए लगत्तै इलामको पन्चकन्या ६ स्थायी घर भएका अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका छन्। उनले किन आत्मदाहको प्रयास गरे भन्ने खुलेको छैन ।
प्रहरीले संघीय संसद भवनअगाडि मंगलबार दिउँसो उनले आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका बताएको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार आफैँमाथि आचार्यले पेट्रोल छर्किएर आगो लगाएका हुन् । आत्मदाह गर्न खोज्ने ती व्यक्तिलाई उद्धार गरी उपचार।का लागि कीर्तिपुर अस्पताल लगिएको छ ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


65
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा