२४ माघ २०७९, मंगलवार

सिभिल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा रुद्र प्रसाद दाहाल नियुक्त

प्रकाशित मिति :  १० माघ २०७९, मंगलवार १७:१९


१० माघ, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्र प्रसाद दाहाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको माघ ९ गते बसेको २०१औं बैठकले दाहाललाई चार वर्षको लागि स्वतन्त्र सञ्चालकको लागि नियुक्त गरिएको हो ।

बैंकिङ क्षेत्रमा ३५ वर्ष भन्दा बढि अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् । बि.सं.२००८ सालमा धनकुटामा जन्मेका दाहाल सुनसरी इनरुवा स्थायी घर भई हाल कामपा १४ मा बसोबास गर्छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

केन्द्रीय कार्यालय काठमाडौं चावहिलमा रहेको वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ । संस्थाले १४ हजार घर परिवारलाई वित्तीय सेवा मार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


91
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा