२४ माघ २०७९, मंगलवार

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले २ अर्ब ४ करोड संकलन गर्ने

प्रकाशित मिति :  १० माघ २०७९, मंगलवार १७:२८


१० माघ, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले वार्षिक १० दशमलव ३ प्रतिशत ब्याजदरमा डिबेञ्चर जारी गर्नका लागि नियामकको अनुमति पाएको छ ।

यसबाट २ अर्ब ४० करोड रुपैयाँ उठाउने बैंकको लक्ष्य छ । डिबेञ्चर प्रतिकित्ता १ हजार रुपयाको हुनेछ । यसको म्याद पाँच वर्ष रहेको छ । एनआईबीएल एस क्यापिटलले प्रस्तावित डिबेञ्चर जारीको जिम्मा पाएको छ ।

व्यक्तिका साथसाथै सार्वजनिक र निजी कम्पनीहरुले यसमा लगानी गर्न सक्नेछन् । कूलमध्ये १ अर्ब ४४ करोड रुपैयाँ मूल्य बराबरका १४ लाख ४० हजार कित्ता निजी नियुक्तीका आधारमा विक्री गरिनेछ ।

९६ करोड रुपैयाँ मूल्यका ९ लाख ६० हजार कित्ता म्युचअल फन्ड समेत सर्वसाधारणको नाममा जारी गरिनेछ ।


78
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा