२४ माघ २०७९, मंगलवार

विषाक्त मदिरा सेवनबाट आठको मृत्यु, १४ जनाको अवस्था गम्भीर

प्रकाशित मिति :  १० माघ २०७९, मंगलवार २०:३३


१० माघ, नयाँदिल्ली । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको छ । मदिरा पिएकामध्ये छ जनाले आँखाको ज्योति गुमाएका अल इण्डिया रेडियोले जनाएको छ ।

विहारको राजधानी पटनाबाट करिब एक सय सात किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको लकरी नबगञ्जमा विषाक्त मदिरा पिएर एक जनाको मृत्यु भएको खबर आएको थियो ।

बिरामी परेका १४ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने सरकारी प्रसारणमा जनाइएको छ । मदिरापानबाट बिरामी भएकामध्ये ११ जनालाई पटना मेडिकल कलेज अस्पताल र तीन जनालाई गोरखपुर अस्पतालमा भर्ना गरिएको छ ।

हात निर्मलीकरण गर्ने स्यानिटाइजर बनाउने बहानामा कोलकाताबाट ल्याइएको ‘स्पिरिट’बाट नक्कली मदिरा उत्पादन गरिएको विहारका अतिरिक्त प्रहरी महानिर्देशक जेएस गङ्गबारले बताए ।

विषाक्त मदिरा बिक्री गरेको अभियोगमा १६ जनालाई पक्राउ गरिएको छ । विषाक्त मदिरा बेचविखनविरुद्ध अनुगमन नगरेको आरोपमा दुई जना अधिकारीलाई निलम्बन गरिएको छ । गत महिना विषाक्त मदिरा सेवनबाट विहारको शारण जिल्लामा ९० जनाले ज्यान गुमाएका थिए ।


91
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा