१३ माघ २०७९, शुक्रबार

रहेनन् आचार्य

प्रकाशित मिति :  ११ माघ २०७९, बुधबार ०९:३७


११ माघ,काठमाडौं । संघीय संसद भवन अगाडी सडकमा मंगलबार दिउँसो आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो । अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख किरण नकर्मीले आज बिहान ५ बजे आचार्यको मृत्यु भएको जानकारी दिए ।

मंगलबार नयाँबानेश्वरस्थित संसद् भवन अगाडि इलामका ३६ वर्षीय आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनले आत्मदाह अगाडि सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट लेखेका थिए । व्यापार व्यवसायमा असफल भएपछि आफूले आत्मदाह गर्ने निर्यणमा पुगेको उनले उक्त स्टाटसमा खुलाएका छन् ।

 आत्मदाहको प्रयासपछि उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याएको थियो । आफैमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका उनको ८० प्रतिशत शरीर जलेको थियो ।


52
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा