बीरगञ्जमा कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन सुरु
आबिद हुसेन
माघ ११, २०७९ बुधबार १७:४३:४
११ माघ, बीरगञ्ज । स्वास्थ्य मन्त्रालयको निर्देशन र जिल्ला खोप समन्वय समितिको निर्णय बमोजिम बीरगञ्जमा सोमबारबाट बालबालिकाका लागि कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ । ५ वर्ष देखि ११ वर्षसम्मका बालबालिकाका लागि हरेक वडामा खोप केन्द्रमार्फत कोभिड विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको हो ।
स्वास्थ्य मन्त्रालयले वीरगञ्जका लागि ८ हजार भाइल फाइजर खोप पठाएको छ । मन्त्रालयले पठाएको खोपको लेभलमा म्याद गुज्रेको उल्लेख हुँदा महानगरले खोप अभियान चलाउन रोकेको थियो । मन्त्रालयले पठाएको पत्रमा पनि लेभलमा म्याद गुज्रेको उल्लेख भए पनि खोपको सेल्फ लाईफ ३ महिना थप गरिएको भन्दै फेब्रुअरी २०२३ सम्म म्याद रहेकाले सबै बालबालिकालाई खोप लगाउन निर्देशन नै दिएको थियो ।
‘राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार हाल नेपालमा भएको कोभिड १९ विरुद्धको फाइजर खोपको पनि सेल्फ लाइफ ९ महिनाबाट १२ महिना ९३ महिना थप० कायम भएको हुँदा लेबलमा भएको म्याद गुज्रने मितिमा पनि ३ महिना थप भइ नोभेम्बर २०२२ बाट फेब्रुअरी २०२३ कायम भएको व्यहोरा जानकारीका लागि अनुरोध छ’ भन्ने व्यहोरा मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।
मन्त्रालयको निर्देशन र जिल्ला खोप समन्वय समितिको पटक पटकको ताकेतापछि महानगरको समन्वयमा बालबालिकालाई खोप लगाउन थालिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताए । कोभिड संक्रमण नियन्त्रणका लागि बालबालिकालाई फाइजर खोप लगाउन पर्ने भएकाले खोप अभियान नरोक्न प्रमुख जिल्ला अधिकारीकारी नेतृत्वको जिल्ला खोप समन्वय समितिले निर्देशन दिएपछि महानगरले समन्वय गरेर खोप अभियान अघि बढाएको हो ।
स्वास्थ्य मन्त्रालयले दिएको खोप समन्वय समितिको निर्णय बमोजिम संचालन गरिदिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख जयसवालले प्रष्ट पारे । बाहिर आए जस्तो खोपको म्याद गुज्रेको भन्ने भ्रमबाट मुक्त हुन उनले सबैलाई आग्रह गरे । विश्व स्वास्थ्य संगठन तथा विशेषज्ञहरुको रायबाट यो अभियान चलेको भन्दै यसमा कोही पनि भ्रमित नहुन र खोप लगाउने कार्यमा बालबालिकालाई सहभागिता गराउन पनि उनले आग्रह गरे ।
अहिले जिल्ला स्वास्थ्य कार्यालय पर्साको समन्वयमा जिल्लाको बीरगञ्ज महानगरसहित १४ वटै स्थानीय तहमा अभियान संचालन गरिएको छ । महानगरमा सोमबार मात्रै ४ हजार जनाले खोप लगाएका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार