अमेरिकामा महादेवले हँसाए, मिलनले नचाए
नेपालबहस संवाददाता
माघ ११, २०७९ बुधबार १९:५३:१६
११ माघ, काठमाडौं । चर्चित हास्यकलाकार महादेव त्रिपाठीले अमेरिकामा दर्शकलाई हसाएका छन् । ल्होछारको अवसर पारेर तामाङ समाज अमेरिकाको बिनिता तामाङद्धारा अष्ट्रिया वल्र्ड मेनोरमा आयोजित ‘ल्होछार सेलिब्रेसन २०७९’ नामक कार्यक्रममा उनले कमेडीका बिभिन्न प्रस्तुति मार्फत दर्शक रिझाएका हुन् । उनका हरेक कमेडीमा दर्शक पेट मिचिमिची हास्न बाध्य भएका थिए ।
नेपाली जादुगरको रुपमा परिचित कलाकार त्रिपाठीले कार्यक्रममा हास्य ब्याङ्ग्याका अलवा जादु, डान्स र लेडिज गेम समेत प्रस्तुत गरे । कार्यक्रममा लोकप्रिय गायक मिलन लामाले पोखरा फेवाताल, देउडा लगायत आधा दर्जन चर्चित गीत राखे । गायक लामाको प्रत्येक गीतमा दर्शक झुमेर नाच्दै वान्स मोरको हुटिङ समेत गरेका थिए ।
यस्के स्याङ्त्याङ र महिन्द्र खतिवाडाको अलवा अमेरिका निवासी केही गायक गायिकाको समेत सांगीतिक प्रस्तुतिको अलवा तामाङ सेलोमा आकर्षक नृत्यहरु समेत कार्यक्रममा रहेको थियो । कार्यक्रममा बसन्ती राईको पनि सहभागीता रहेको थियो ।
अमेरिकामा नेपाली कलासंस्कृति प्रदर्शन र सांगीतिक मनोरञ्जनको उदेश्यले कार्यक्रम गरिएको आयोजक तामाङ समाज अमेरिकाको अध्यक्ष बिनिता तामाङले बताइन् । बिनिताले यस अगाडी पनि नेपाल चाडपर्वको अवसर पारेर अमेरिकामा बिभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्दै आएकी छन् ।
कलाकार महादेव त्रिपाठी करिब दुई दर्जन कार्यक्रमको उदेश्य सहित केही महिना अगाडि अमेरिका पुगेका थिए । अमेरिकाको न्युयोर्क, भर्जेनिया, क्यालिफोनिया, डालस लगायतका स्थानमा करिब एक दर्जन कार्यक्रम उनले गरिसकेका छन् । अझै अमेरिकाको बिभिन्न शहरमा आफ्नो कार्यक्रम रहेको त्रिपाठीले बताए ।
त्रिपाठीलाई नेपालबाट अमेरिका कार्यक्रमका लागि मनास्लु वल्र्ड कलेज चुच्चेपाटीले पठाएको हो । अमेरिकामा रहेका नेपालीलाई मनोरञ्जन दिलाउदै अमेरिकाको बिभिन्न शहमा नेपाली कलासंस्कृति प्रदर्शन गर्नु र अमेरिका निवासी नेपाली तथा अमेरिकीलाई नेपाल भ्रमणमा आकषर्ण गर्नु उनको अमेरिका कार्यक्रमको उदेश्य रहेको छ । कलाकार त्रिपाठी अमेरिकाको बिभिन्न ठाउँमा सम्मानित समेत भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार