सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
नेपालबहस संवाददाता
माघ १२, २०७९ बिहिबार १८:०:४२
१२ माघ, काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको छ। गत मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । त्यसदिन सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको थियो।
बुधबार भने तोलामा १०० रुपैयाँले घटेको थियो । बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो। बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सुनचाँदीको मूल्य कति पुग्यो ?
बैशाख ६, २०८१ बिहिबार
आज बजारमा सुनको मुल्य स्थिर
बैशाख ५, २०८१ बुधबार
१७ सयले बढेर तोलाको १ लाख ३९ हजार २ सय पुग्यो सुन
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार