मनरासिस्वा नगरभित्र मदिरा प्रतिबन्ध
नेपालबहस संवाददाता
माघ १३, २०७९ शुक्रबार १९:१५:२०
१३ माघ, जलेश्वर । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाले नगरक्षेत्रमा मदिरा प्रतिबन्ध लगाएको छ । नगरभित्र मदिरा उत्पादन, सङ्कलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको हो ।
मनरासिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीका अनुसार पालिकाका भारतीय सीमासँग जोडिएका वडा नं २, ३, ५, ८, ९ र १० को सम्पूर्ण क्षेत्रमा पूर्णरुपमा मदिरा उत्पादन, सङ्कलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको छ । उहाँका अनुसार वडा नं १, ४, ६ र ७ मा भने सार्वजनिक तथा सरकारी कार्यालय, शैक्षिक र स्वास्थ्य संस्था एवं मठ मन्दिरदेखि तीन सय मिटर क्षेत्रमा मदिरा रोक लगाइएको हो ।
नगरपालिकाले मदिरा प्रतिबन्ध लगाउनु अघि गत पुष ३० मा दशौँ नगरसभाबाट मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी ऐन, २०७९ पारित गरेको थियो । सोही ऐनको दफा ५ को उपदफा ६ बमोजिम नगरक्षेत्रभित्र तोकिएका छ वटा वडामा पूर्णरुपमा मन्दिरा बन्देज गरिएको हो भने चार वटा वडाको निर्धारित सीमाभन्दा बाहिर मात्रै मदिरा उत्पादन तथा बिक्री वितरण गर्न पाइनेछ । सामाजिक सदभाव, सु-स्वास्थ्य, आर्थिक हित तथा सम्भावित आपराधिक घटनालाई नियन्त्रण गर्ने उद्देश्यले मदिरा प्रतिबन्ध गरिएको नगरपालिकाको भनाइ छ ।
नगरपालिकाले जारी गरेको मदिरा सम्बन्धी ऐनमा उल्लेखित मापदण्ड अपनाउन मदिरा व्यवसायीलाई माघ ९ देखि १५ दिनको अल्टिमेटम दिएको छ । नियम विपरीत काम गर्नेलाई ऐनको दफा ११, १२ र १३ बमोजिम कानूनी कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार
सावारी दुर्घटनामा पत्रकार यादवको मृत्यु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार