इनसेसेन्ट रेन एकेडेमी सुरु
नेपालबहस संवाददाता
माघ १३, २०७९ शुक्रबार २१:५७:२९
१३ माघ, काठमाडौं । नेपालबाट हलिउड लगायतका विश्वका ठुला उद्योगका चलचित्रहरुमा काम गरिरहेको इनसेसेन्ट रेन स्टुडियोका संस्थापक किरणभक्त जोशीले ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु गरेका छन्।
सोमबार उनले डेभ डटकमका संस्थापक पारस चित्रकार र नेपाली प्राईभेट ईक्विटी कम्पनी टिएनए एसोसिएट्स सँगको सहकार्यमा ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु गरेका हुन्।
एकेडेमीमा भिजुअल इफेक्ट, थ्रीडी एनिमेसन, गेम डेभलपमेन्ट, चलचित्र निर्माण, ग्राफिक्स डेभलपमेन्ट र एप डेभलपमेन्टका कक्षाहरु सन्चालन हुनेछन्। उद्घाटन कार्यक्रममा युनेस्को कार्यालय प्रमुख तथा नेपाल प्रतिनिधि माइकल क्रफ्टको उपस्थिति रहेको थियो। उहाँले उक्त अवसरमा एकेडेमीले युवा नेपालीलाई दिने अवसर र यसले नेपाली चलचित्र उद्योगमा पार्ने सकारात्मक प्रभावको बारेमा चर्चा गरेका थिए।
त्यस्तै, बिहिबार नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसनले एकेडेमीको भ्रमण गरेका छन्। भ्रमणको अवसरमा थम्पसनले नेपालका कलाकारहरूको लागि राम्रो जीवनयापन र अवसर सिर्जना गर्ने बताउँदै एकेडेमीको प्रशंसा गरे।
उद्घाटनको दिनदेखि नै पढाई सुरु गरेका विद्यार्थीहरूसँग कुरा गर्दै उनले आफ्नो पढाइलाई निरन्तरता दिन प्रोत्साहन दिँदै उनीहरूको सुखद भविष्यको बिश्वास व्यक्त गरे। साथै, राजदुत थम्पसनले काठमाडौँको छाउनीस्थित इनसेसेन्ट रेन फिल्म स्टुडियोको समेत भ्रमण गरे। सो क्रममा उनले विश्वभरका चलचित्रको लागि स्टुडियोका संचालक किरणभक्त जोशीको प्रशंसा गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
माघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार