१९ चैत्र २०७९, आईतवार
स्वास्थ्य समाचार

हिमालयन बैंकद्धारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  १३ माघ २०७९, शुक्रबार १६:२४


१३ माघ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले बैंकको तीसाैँ वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका–०१ स्थित माछापुच्छ्रे  स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परिक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रिय कार्यालय, कमलादीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

डा. सन्यम बजिमय र उनकाे टोलीको नेत्रित्व, नेत्रधाम फाउण्डसनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा मिति २०७९ साल माघ ४ गते देखि २०७९ साल माघ ६ गते निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो । उक्त तीन दिने शिविरमा माछापुच्छ्रे  गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परिक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराइ लाभ लिएका थिए ।

यसै गरी “रक्तदान–जीवनदान” भन्ने मुल मन्त्रलाई मनन् गर्दै बंैकले कर्मचारी संगठनको समन्वयमा २०७९ माघ ७ गते शनिबारको दिन कमलादी स्थित केन्दि् कार्यालयमा सम्पन्न गरेको रक्तदान कार्याक्रममा उपत्यका भित्र र बाहिर गरी २०० जना भन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो भने करिब १०० जनाले रक्तदान गरी सहभागिता जनाए ।


104
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा