१९ चैत्र २०७९, आईतवार

इराक र फ्रान्सले ऊर्जा र सुरक्षा मामिलामा सहयोग आदानप्रदान गर्ने

प्रकाशित मिति :  १३ माघ २०७९, शुक्रबार १७:०२


१३ माघ, एजेन्सी । इराक र फ्रान्सबीच विविध क्षेत्रमा द्विपक्षीय सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी रणनीतिक साझेदारीको सम्झौता भएको छ । सम्झौताअनुसार दुवै देशले ऊर्जा र सुरक्षा मामिलामा सहयोग आदानप्रदान गर्नेछन् ।

इराकी प्रधानमन्त्री बिहीबार भएको फ्रान्सको भ्रमणका बेला उक्त सम्झौतामा हस्ताक्षर भएको हो । प्रधामन्त्री मोहम्मद शिया अल सुडानीले आफ्ना फ्रान्सेली समकक्षी एलिसावेथ बोर्न र राष्ट्रपति इम्यानुएल म्यात्रोँसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।

फ्रान्सेली नेतृत्वसँगको भेटवार्तामा इराक–फ्रान्स सम्बन्धका साथै क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका साझा विषयमा विचारविमर्श भएको इराकी अधिकारीहरूले बताएका छन् । दुवै देशले आतङ्वाद र अतिवादविरुद्ध संयुक्तरूपमा काम गर्ने, सांस्कृतिक आदानप्रदान, सङ्कट व्यवस्थापन, आर्थिक एवम् सङ्गठित अपराधविरुद्ध एक हुने, वातावरण तथा मानवअधिकार संरक्षण पारस्परिक सहमति भएको छ ।


91
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता