१९ चैत्र २०७९, आईतवार
स्कुल / कलेज

लमजुङमा बालबालिकाले गरे विद्यालयमै च्याउ उत्पादन

प्रकाशित मिति :  १३ माघ २०७९, शुक्रबार १७:३५


सांकेतिक तस्बिर

१३ माघ, लमजुङ । सुन्दरबजार नगरपालिकाको धुसेनीस्थित एक विद्यालयका बालबालिकाहरुले आफैंले उत्पादन गरेको च्याउबाट बिहानको तरकारी पुर्‍याउने गरेका छन् । सुन्दरबजार-१०, धुसेनीस्थित सौभाग्य सदन माध्यमिक विद्यालयका कक्षा ७ र ८ का विद्यार्थीहरुले पेशा व्यवसाय तथा प्रविधि शिक्षाअन्तर्गत सिकेको सीपलाई व्यवहारमा उतार्दै विद्यालयमा विहानी कक्षामा पढ्ने विद्यार्थीहरुलाई तरकारी पुर्‍याएका हुन् ।

विद्यालयले गुणस्तर अभिवृद्धिको लागि कक्षा १० का विद्यार्थीलाई बिहान अतिरिक्त कक्षा सञ्चालन गरी बिहानको खानासमेत विद्यालयमै खुवाउने गरेको छ । पेसा व्यवसाय तथा प्रविधि शिक्षा अध्यापन गराउने शिक्षक अमृतबहादुर अधिकारीले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनको लागि च्याउ खेती गर्न सिकाएको बताए ।

‘ुनीहरुले घरमा पनि एक दुई पोका च्याउ उत्पादन गरेर घरमा चखाएका छन्’ अधिकारीले भने, ‘उनीहरुले उत्पादन गरेको च्याउ विद्यालयमा खाजाको लागि समेत प्रयोग हुने गरेको छ ।’

विद्यालयले हाल १० कक्षासम्मका सबै विद्यार्थीलाई विद्यालयमा खाजा दिँदै आएको छ । सौभाग्य सदन माध्यमिक विद्यालयका शिक्षक तीर्थ ढकालका अनुसार गाउँका सबै बसाईं सरेका कारण विद्यालयमा विद्यार्थीको संख्या न्यून छ ।
भएका विद्यार्थीलाई सोही विद्यालयमा आकर्षित गर्न विभिन्न कार्यक्रमहरु ल्याइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष दीपकराज ढकाल पनि विद्यालयको शैक्षिक स्तर उकास्न अहोरात्र खटिएका छन् । वडाभरका विद्यार्थीलाई परिचयपत्र र विद्यालय पोशाक वडाबाट सहयोग गरिएको अध्यक्ष ढकालले बताए । नगरपालिकामा कृषि विषय अध्यापन गराउने विद्यालयमा समेत प्रयोगात्मक कार्य बिरलै हुने गरेको छ ।

’तर, हामीले यो काम सुरु गर्‍यौँ, उत्साहित पनि छौं,’ च्याउ खेतीमा संलग्न विद्यार्थीहरुले भने । उनीहरुले अहिले सानो संख्यामा उत्पादन गरेका छन् । सफल भएपछि उत्साहित भएका विद्यार्थीहरु अर्कोपटक उत्पादनलाई बेचेर कापीकलम किन्ने पैसा जुटाउने सुरमा छन् ।


39
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता