पर्वत अस्पतालमा डिजिटल एक्स-रे सेवा सुरु
नेपालबहस संवाददाता
माघ १५, २०७९ आइतबार २२:७:२९
१५ माघ, पर्वत । पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्स-रे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स-रे’ सेवा ठप्प बनेको थियो ।
अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिणी अधिकारीका अनुसार मेरुदण्ड, पेल्भिक, ढाँड, खुट्टालगायतका ठूलो हड्डीको एक्स रे गर्नका लागि ‘हाइ एक्सपोजर’ भएको उपकरण आवश्यक हुन्छ । ‘एक्स(रे’मा देखिएको समस्याबारे स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति केन्द्रमा बारम्बार कुरा गर्दा पनि उपलब्ध भएको थिएन ।
पर्वतबाट प्रतिनिधिसदस्यमा निर्वाचित हुनुभएका पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेपछि उनको पहलमा अस्पतालले आधुनिक उच्च प्रविधिको ‘डिजिटल एक्स(रे मसिन’ पाएको हो । स्वास्थ्यमन्त्री गिरीले उपकरणको अभावमा पर्वत अस्पतालमा आउने बिरामी एक्स-रे गर्न पोखरा वा अन्यत्र जानुपर्ने बाध्यतामा रहेको र आपूर्ति गरिहाल्न स्वास्थ्य सेवा विभागसँग समन्वय गरेपछि अस्पतालमा नयाँ उपकरण आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए ।
“मेसिन आपूर्ति गर्न छ महिनादेखि धाइरहेका थियौँ”, डा अधिकारीले भने, “अहिले स्वास्थ्यमन्त्रीसँग कुरा राखेपछि समस्या समाधान भयो ।” डिजिटल एक्स-रे मेसिन स्वास्थ्यमन्त्री गिरीले नै अस्पतालका अध्यक्ष शंकर गिरी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अधिकारीलाई हस्तान्तरण गरेको हो ।
कूल रू एक करोड ४४ लाख मूल्यपर्ने उक्त उपकरण मन्त्री गिरीले आफू मन्त्री भएपछि पहिलो पटक जिल्लामा आएको अवसरमा गत बुधबार अस्पताललाई दिएको हो । पर्वत अस्पतालमा अत्यावश्यक उपकरणको कमी रहेकाले केही उपकरण अहिले नै हस्तान्तरण गरिएको र आगामी पाँच वर्षभित्र सातवटै स्थानीय तहमा सुविधा र जनशक्तिसहितका अस्पताल रहने मन्त्री गिरीको भनाइ छ ।
उपकरण आएसँगै अस्पतालले प्रविधिमा थप सहज अवस्था हासिल गरेको अस्पताल विकास समितिका अध्यक्ष गिरीले बताए। पर्वत अस्पतालमा ५० शय्या क्षमताअनुसार जनशक्ति व्यवस्थापन गर्ने र आवश्यक उपकरण उपलब्ध गराइदिन उनले मन्त्री गिरीसँग अनुरोध पनि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार