आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार १७:१६:१
१६ माघ, काठमाडौं । आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ । लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १०% अर्थात् २० हजार ३३८ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका लागि बिक्री खुला गरेको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताकोसम्म आवेदन दिन सक्नेछन् । यसमा फागुन १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीले सर्वसाधारणहरुका लागी भने फागुन ११ गतेदेखि आईपीओ जारी गर्नेछ । सर्वसाधारणका लागि कम्पनीले १ लाख ६९ हजार ७५५ कित्ता सेयर खुला गर्नेछ । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यस कम्पनीको आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तलको आईपीओलाई ‘केयरएनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । कम्पनीको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको घोराही दाङमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
चैत १४, २०८० बुधबार
आरम्भ चौतारी लघुवित्तको कहिले बस्दैछ साधारणसभा ?
चैत १४, २०८० बुधबार
सपोर्ट लघुवित्तले बोनस शेयर दिने, पुनः दोस्रोपटक साधारणसभा आह्वान
चैत १३, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार