कठ्याङ्ग्रिदो जाडोले अफगानिस्तानमा १६८ जनाको मृत्यु
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार २३:६:१२
१६ माघ, एजेन्सी । चिसो र कठ्याङ्ग्रिदो जाडाका कारण विगत एक महिनामा अफगानिस्तानमा १६८ जनाको मृत्यु भएको छ। । खामा प्रेसका अनुसार विपद् व्यवस्थापन अधिकारी रहमान जाहिदले देशका विभिन्न २४ प्रान्तमा अत्यधिक चिसाका कारण १६८ जनाको मृत्यु भएको छ ।
विपद् व्यवस्थापन अधिकारी जाहिदले त्यहाँ सयौं घरहरू भत्किएको र करिब ८० हजार गाईवस्तुको मृत्यु भएको बताएका छन् । यसैबीच विपन्न परिवारहरूको जीवनस्तरमा गम्भीर आर्थिक सङ्कट उत्पन्न भएको छ ।
अफगानिस्तानको मौसम पूर्वानुमान अधिकारीहरूले आगामी दिनमा कम्तीमा १९ प्रान्तमा हिमपात हुने चेतावनी दिएका छन् । साथै मानवीय सहयोगको चरम आवश्यकतामा रहेका मानिसहरूको जीवनयापनलाई यो चिसोले थप जटिल बनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको विज्ञप्तिमा बदख्सान, नुरिस्तान, कुनार, नाङ्गरहार, लघमान, कपिसा, पञ्जशिर, परवान, काबुल, लोगर, पक्तिका, जाबुल, गजनी, मैदान वार लगायतका प्रदेशमा आगामी दिनमा भारी हिमपात हुने जनाइएको छ ।
अफगानिस्तानको तीन करोड ८० लाख जनसङ्ख्याको लगभग ५० प्रतिशत जनतालाई सहायता र यस शीतकालीन समयमा थप सहयोगको खाँचो छ । यसैगरी मुलुकमा झण्डै ४० लाख बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको पनि बताइएको छ ।
टोलो समाचारले तापमानमा आएको अचानक गिरावटले समस्याग्रस्त देशमा थप गरिबी तर्फ धकेल्दै खाद्यान्न र इन्धनको अभावबाट पीडित मानिसहरूलाई नराम्ररी असर गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार