हाइटीका २६ लाख बालबालिकाको जीवन रक्षाको खाँचो
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार १९:२८:२९
१७ माघ, एजेन्सी । हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार हाइटीका २६ लाख बालबालिकालाई जीवन रक्षाका लागि सहयोग आवश्यक रहेको देखिएको छ । यो सन् २०२१ को तुलनामा यो बढेको सङ्ख्या हो ।सन् २०२१ सम्ममा यहाँका पचास लाख बालबालिकालाई जीवन रक्षाका लागि सहयोग आवश्यक रहेकामा यस वर्ष थप २६ लाख थपिएका हुन् ।
संयुक्त राष्ट्रसङ्घले हाइटीका यी बालबालिकाले पाउनुपर्ने पोषण तथा आधारभूत स्वास्थ्य सुविधा पनि प्राप्त गर्न नसकेका कारण उनीहरुलाई तत्कालै सहायताको खाँचो परेको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिनुभएको हो ।
उहाँले हाइटीमा विद्यमान हिंसा, हैजाको प्रकोप, खाद्य असुरक्षा एवं आर्थिक मन्दी आदि कारणले गर्दा यहाँको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएकाले यहाँका लाखौँ बालबालिकालाई खाद्यान्नकै अभाव हुन पुगेको पनि बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले यहाँका बालबालिकाका लागि सहयोग जारी राखेको भन्दै तर यो सहयोग पनि आवश्यकता अनुरुप हुन नसकेकाले यस वर्षका लागि आवश्यक अन्य मानवीयता सहायताका लागि सहयोगको अपिल गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार