गठबन्धनबारे प्रचण्डको उपाध्यक्ष र महासचिवसँग छलफल
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार १९:४:२
१८ माघ, काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलबाट अध्याधिक दवाव आउन थालेपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका शीर्ष नेताहरुसँग सत्ता गठबन्धनबारे छलफल सुरु गरेका छन । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रापाका अध्यक्ष राजेन्द्र लिङदेनसँगको भेट लगत्तै यसबारे दुइ नेतालाई बोलाएर छलफल गरेका छन् ।
प्रधानमन्त्रीको निजि सचिवालयले दिएको जानकारी अनुसार केहिबेर अघि प्रधानमन्त्री प्रचण्डले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँग छलफल गरेका छन् । उनले एमालेका अध्यक्ष ओली र राप्रपाका अध्यक्ष लिङदेनसँग भएको कुराकानीबारे जानकारी गराएको बताइएको छ । नेताहरुको कार्यविभाजनमा सहमति नभएकाले पार्टीका दुवै बैठक स्थगित भएपछि उनले दुइ नेतालाई बोलाएका हुन् ।
छलफलमा राष्ट्रपति निर्वाचन र गृहमन्त्रीको विषयमा सत्ता गठबन्धनमा खटपट भइरहेको भन्दै प्रचण्डले पुस १० को सहमतिअनुसार एमालेको राष्ट्रपतिमा दवाव दिइरहेको तर, परिस्थिति परिवर्तन भएअनुसार नगए भोली सरकारको नेतृत्वमा नै संकट आउने भएकाले अहिलेको गठबन्धनबारे पार्टीले फरक धारणा बनाउनुपर्ने बताएका छन् । रास्वपाका सभापति रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृहमन्त्रालयमा पनि पार्टीको एउटै धारणा हुनुपर्ने उनको भनाइ छ ।
गठबन्धनमा विवाद बढ्दै गएपछि प्रचण्डले आज बोलाइएको स्थायी कमिटीको बैठकसमेत स्थगित गरेर छलफलमा जुटेका हुन् । आजको बैठकले पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने तयारी थियो । प्रचण्डले अहिलेको भेटमा पार्टीका नेताहरुसँग राष्ट्रपति निर्वाचन, गृहमन्त्री र विभागहरूको बारेमा नै छलफल गरेको बताइएको छ । सरकारमा सहभागिबारे कांग्रेससँग छलफल गर्न नेताहरु खटाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार