राजनीतिक अस्थिरताको प्रभावले शेयरबजार २१ सयभन्दा तल
नेपालबहस संवाददाता
माघ १९, २०७९ बिहिबार २२:५३:१३
१९ माघ, काठमाडौं । सत्ता समीकरणमा देखिएको अविश्वासको प्रभाव नेपाली शेयरबजारमा पनि देखिएको छ । सरकार गठनको तयारीदेखि उकालो लागेको बजार मन्त्रिपरिषदमा आएको विवाद र यसले दिनसक्ने राजनीतिक अस्थिरताको आँकलन गर्दै शेयरबजार लगानी गर्न लगानीकर्ताहरु अनिच्छुक देखिएका छन् । फलस्वरुप शेयर कारोवार पनि दैनिक घटिरहेको छ ।
सर्वाेच्च अदालतको फैसलापछि अस्थिर देखिएको राजनीतिक प्रभावले बिहीबार शेयरबजारको परिसूचक नेप्से २१ सय अंकभन्दा तल झरेको छ । विगत तीनदिन यताको बजारलाई हेर्ने हो भने लगातार गिरावट आएको छ । सोमबारभन्दा मंगलबार र मंगलबारभन्दा बुधबरहुँदै शेयरबजारको लगानी प्रभावित हुँदै गएको छ । बिहीबर शेयर बजारको परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक २०९४ अंकमा झरेको हो ।
अघिल्लो दिनको तुलनामा नेप्से २२.१२ अंकले घटेको छ । १९ कम्पनीको मूल्य बढ्दा १९४ को घटेको छ भने ३ को स्थिर रहँदा कुल २ अर्ब ९ करोडको मात्र कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब ३३ करोड बढ्दा परिसुचक भने घटेको छ । बजारका सबै उपसमूह राताम्मे हुन थालेका छन् । बैंकिङ तर्फ ५, विकास बैंकतर्फ ६५, फाइनान्सतर्फ २८, होटलतर्फ ५१, जलविद्युत् ५४, जीवन बीमा २३६, उत्पादन १२, माइक्रोफाइनान्स ४२, निर्जीवन बीमा १३३, अन्य १० र ब्यापार उपसमूहको बजार २८ अंकले घटेको छ ।
मंगलबार पनि सेयर बजारले ओरालो यात्रा गरेको थियो । यस दिन परिसूचक नेप्से २१११ अंकमा ओर्लिएको थियो । दिनभरको उतारचढावका बाबजुत कारोबार बन्द हुँदा अघिल्लो दिनको तुलनामा नेप्से १५.७४ अंक घट्दा कारोबार रकम पनि घटेको थियो । उक्त दिन जम्मा २ अर्ब ८२ करोडको कारोबार भएको थियो भने त्यसको अघिल्लो दिन सोमबार ३ अर्ब ३० करोडको कारोबार भएको थियो ।
मंगलबार दिनभर कुल ५७ कम्पनीको मूल्य बढ्दा १४८ को घटेको थियो भने ११ को स्थिर रहेको थियो । बजार घट्दा पनि आदर्श लघुवित्तको मूल्य भने १० प्रतिशतले बढेको थियो । यस्तै बुधबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ६ करोड घटेको थियो । मंगलबार कुल २ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १ अर्ब ७६ करोडमा खुम्चिएको थियो । कारोबार रकममा उल्लेख्य कमी आउँदा परिसूचक नेप्से भने सामान्य बढेको थियो ।
राजनीतिक अस्थिरताले शेयरबजारसँग जाडिएका व्यापार व्यवसाय, पर्यटन, उद्योग आदि समग्र अर्थतन्त्रमा नै गम्भीर असर परेको छ । देशमा हुने राजनीतिक खिचातानी, उतारचढाव राजनीतिक स्थायित्व, नाकाबन्दी, सरकारको स्थायित्व आदिले शेयरबजारमा तत्काल प्रभाव पार्दैआएको इतिहास छ । देशमा लगानीको वातावरण नबन्ने अवस्था देखिएमा पनि शेयरबजारमा नकारात्मक असर पार्ने गर्छ । शेयरबजारमा हुने यस्ता राजनीतिक तथा अन्य गतिविधिले लगानीकर्ता पनि अन्योलमा परेका छन् ।
बिहीबार कारोबार सुरु भएदेखि नै बजार घट्न थालेपछि थप बिक्रेता सक्रिय भएका छन् । घट्ने क्रमले दिनभर निरन्तरता पाएको छ । पछिल्लो १४ कारोबार दिन यता नेप्से परिसूचक करिब १८५ अंकले घटिसकेको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये सबैजसो उपसमूह घटेको छ । बिहीबार सेयर बजार २० अंक माथि घट्दा पनि आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य प्रति कित्ता १७५.३० रुपैयाँ बढेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २१ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
अनामनगर मैतिदेवी क्षेत्रमा ५ बजेसम्म विद्युत अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार