१९ माघ, काठमाडौं । सत्तारुढ दलहरुबीच सत्ता संघर्ष चलिरहेको मौका पारेर नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले एकैदिन दुई लटमा गरी ९५ जना एसपीहरुको सरुवा गरेको हो । पहिलो लटमा ४२ जना र लगतै दोस्रो लटमा ५३ जना एसपीको सरुवा भएको छ ।
आर्कषक जिल्लामा जान तछाडमछाड गर्ने प्रहरीका एसपीहरुको सरुवा गृहमन्त्री रिक्त भई प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेको बेला गरिएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूची अनुसार प्रधानमन्त्री प्रचण्डले चुनाव जितेको गोरखा जिल्लामा अनुपम श्रेष्ठलाई सरुवा गरिएको छ । यसैगरी तनहुँमा अवदेश विष्ट क्षेत्री, कञचनपुरमा कमल थापा, धनकुटामा कृष्ण कोइराला, गौतम मिश्रलाई धादिङ जिल्लाको इन्चार्जको रुपमा सरुवा गरिएको छ ।
यसैगरी सिराहामा टेकुनन्द इवा लिम्बुलाई पठाइएको छ भने जिप्रका मोरङमा दीपक पोखरेलको सरुवा भएको छ । महोत्तरीमा प्रकाश मल्ल, पश्चिम नवलपरासीमा विनोद सिलवाल र रुपन्देहीमा भरत बहादुर बिक सरुवा भएका छन् ।
हेर्नुस सरुवा सूची: