च्याम्पियनमा आमिर र सलमानको जुगलबन्दी
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार २२:३१:४
२० माघ, मुम्बई । करिब २९ वर्ष अघि सन् १९९४ मा रिलिज फिल्म ‘अन्दाज अपना अपना’मा आमिर खान र सलमान खानको कमेडी जुगलबन्दीलाई दर्शकले निकै रुचाएका थिए । उनीहरुको अभिनय, कमेडी, कमिक टाइमिङ उत्कृष्ट थियो । अब यो जोडी पुनः दर्शकमाझ आउने भएको छ ।
आमिरले निर्माण गर्न लागेको फिल्म ‘च्याम्पियन्स’मा सलमान प्रमुख भूमिकामा देखिँदैछन् । आमिरले अभिनय नगर्ने यो फिल्म स्पेनिस फिल्मको हिन्दी रिमेक हो । यसअघि आमिरले हलिउड फिल्म ‘द फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिंह चड्डा’ बनाए पनि बक्सअफिसमा यो फिल्म असफल भइसकेको छ ।
आमिर ‘लाल सिंह चड्डा’ पछि ‘च्याम्पियन’ बनाउने तयारीमा थिए । तर बक्सअफिसमा ‘लाल सिंह चड्डा’ फ्लप भएपछि आमिरले अभिनयबाट नै ब्रेक लिए । आमिर अब अभिनय भन्दा पनि निर्माणबाट भाग्य चम्काउन चाहन्छन् । त्यहीकारण सलमानलाई लिएर उनले ‘च्याम्पियन’ बनाउन लागेका हुन् ।
आमिर खान प्रोडक्सनको व्यानरमा बन्ने फिल्ममा आरएस प्रसन्नाको निर्देशन रहनेछ । फिल्मका लागि आमिरले सलमानसँग प्रारम्भिक छलफल गरिसकेका छन् । आमिरले आरएससँग मिलेर ६ महिनाअघिदेखि स्क्रिप्टको काम गरिरहेका छन् । ‘लार्जर देन लाइफ ड्रामा’ शैलीमा बन्ने फिल्मका लागि सलमान नै उपयुक्र्त हुनेमा आमिर ढुक्क छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार