बुटवलमा पहिलो उपमहानगर राष्ट्रिय सम्मेलन
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार १९:५१:५६
२२ माघ, देउखुरी । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा आज बुटवलमा आयोजित प्रथम उपमहानगर राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले सङ्घीयता बलियो बनाउन स्थानीय सरकार बलियो हुनुपर्नेमा जोड दिए ।
स्थानीय सरकारहरूमा पनि महानगर, उपमहानगर र गाउँपालिकाका अवस्था र समस्या फरक–फरक रहेको औल्याउँदै उनले भने, “आर्थिक र सामाजिक हिसाबले स्रोत साधनको वितरणबारे छलफल हुन जरुरी छ ।”
सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले यसका लागि आवश्यक कानुन निर्माणमा चासो दिनुपर्ने बताए । महानगर फोरमका संयोजक तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सङ्घीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ भने ।
उनले संविधानले व्यवस्था गरेअनुसार साझा र एकल अधिकार प्रयोगका लागि आवश्यक कानुन निर्माण र कार्यान्वयनमा देखिएका जटिलता समाधानका लागि सङ्घीय सरकारले चासो देखाउनुपर्ने र महानगर, उपमहानगर, नगर तथा गाउँपालिकाको भूगोल, आर्थिक र सामाजिक अवस्था फरक–फरक रहेकाले सोहीअनुसारले आर्थिक स्रोत वितरण गरिनुपर्नेमा जोड दिए । नेपाल नगरपालिका सङ्घका महासचिव तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सङ्घ, प्रदेश र स्थानीय सरकारका योजना दोहोरिने गरेको र त्यस्ता योजना कार्यान्वयनमा जटिलता देखिएकाले सुधार गर्दै समन्वय र सहकार्यलाई जोड दिनुपर्ने बताए ।
नेपाल नगरपालिका सङ्घका सहकोषाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले सङ्घीयता सफल बनाउन स्थानीय सरकारलाई सफल बनाउनुपर्छ भने । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले साझा अधिकारको सूचीमा रहेका अधिकारक्षेत्रको जिम्मेवारी तोकी कानुन बनाउन सङ्घीय सरकारले तदारुकता देखाउनुपर्ने र प्रदेश तथा स्थानीय सरकारले कानुन बनाउन सहजीकरण गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा सहभागी हुन देशभरका उपमहानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञ बुटवलमा भेला भएका छन् । विज्ञसहितको छलफलपछि साझा विषयलाई समेटेर घोषणापत्र जारी गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो
बैशाख ९, २०८१ आइतबार
लुम्बिनीमा तीन सांसद रहेको जसपाले छाड्यो सरकार
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार