एम्बुलेन्स नपाउँदा बिरामीलाई अस्पताल पुर्याउन समस्या
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार १६:५२:५
२३ माघ, म्याग्दी । एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पुर्याउन समस्या हुन थालेको छ । सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो । अस्पतालका प्रमुख डा शङ्करराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिन थालेपछि समस्या भएको बताए ।
“हाडजोर्नीसम्बन्धी समस्या भएका र अक्सिजन लगाएर रिफर गर्नुपर्ने बिरामी दैनिक दुई–तीन जना हुन्छन”, उनले भने, “हामीसँग भएको पाँच वर्ष पुरानो एकमात्र एम्बुलेन्स पनि बिग्रिएर दुःख दिन थालेको छ ।”
पछिल्लो दुई महिनामा एम्बुलेन्स मर्मतमा मात्र रु एक लाख ५० हजारभन्दा बढी खर्च भएको डा लामिछानेले बताए । बेनी अस्पतालले बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायतका अस्पतालमा रिफर गर्ने बिरामीलाई त्यहाँ पुग्ने सवारीसाधन पाउन कठिन हुन थालेको छ ।
आकस्मिक, अक्सिजन लगाउनुपर्ने र हाडजोर्नीबाहेकको समस्या भएका बिरामी ट्याक्सी चढेर अस्पताल जाने गर्छन् । अस्पतालको एम्बुलेन्स बेनी बाहिर गएको र बिरामी धेरै भएको अवस्थामा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको एम्बुलेन्स बोलाउने गरिएको छ ।
बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुरोध गरिएको बताए । लायन्स क्लब, भारतीय दूतावासलगायत दातासँग पनि एम्बुलेन्स उपलब्ध गराउन प्रस्ताव गरिएको सुवेदीले बताए ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले नेपाल रेडक्रस सोसाइटीको जिल्ला र भुरुङ–तातोपानी उपशाखालाई आठ वर्षअघि उपलब्ध गराएको दुईवटा एम्बुलेन्स बिग्रिएपछि दुई वर्षदेखि बेनी अस्पताल परिसरमा थन्किएका छन् । दरवाङ उपशाखालाई मोनाले दिएको एम्बुलेन्स पनि मालिका गाउँपालिकाको कार्यालय अगाडि थन्क्याएर राखिएको छ ।
धवलागिरि, अन्नपूर्ण गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको एक/एक एम्बुलेन्स ग्रामीण क्षेत्रका बिरामीलाई सदरमुकाम बेनी ल्याउन व्यस्त हुन्छन् । धवलागिरि गाउँपालिकाले गत वर्ष एम्बुलेन्स सञ्चालन गरेको थियो । रेडक्रस र अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स विसं २०७५ मा भारतीय दूतावासले प्रदान गरेको हो । मोना युकेले विसं २०७१ मा उपलब्ध गराएको तीनवटा एम्बुलेन्स मर्मत र सञ्चालनका लागि रु १० लाख ८० हजार दुई सय ८० को एम्बुलेन्स सेवा अक्षयकोष स्थापना गरेको थियो । ग्रीन बैंकको बेनी शाखामा रहेको अक्षयकोषको ब्याजबाट एम्बुलेन्सको बीमा शुल्क तिर्ने गरिएको रेडक्रस सोसाइटी म्याग्दीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार