नवलपरासीका किसानलाई चैते धान लगाउन चटारो
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार १९:५०:५६
२३ माघ, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएका सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे(चैते) धान लगाउन चटारो भएको छ ।
कावासोती, गैँडाकोटा, देवचुली, मध्यविन्दु नगरपालिका तथा वियनी त्रिवेणी, बुलिङटार र बौद्धिकाली गाउँपालिकामा हिउँदे धान खेती हुने क्षेत्र हुन् । सो क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर धान लगाउन चटारो भएको हो ।
बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । केन्द्रका प्रमुख गोपाल लामिछानेका अनुसार बर्खे धान प्रतिहेक्टर ३ टनभन्दा बढी उत्पादन हुन्छ भने चैते धान प्रतिहेक्टर ३ देखि ४ टनसम्म उत्पादन हुने गर्दछ ।
खाद्यान्न अभावको परिपूर्तिका लागि चैते धान उत्पादन बढाउनु राम्रो उपाय भएकाले नवलपरासीमा यसको उत्पादन विस्तार गरिदै लगेको लामिछानेले बताए । “चैते धानमा रोग तथा कीरा पनि नलाग्ने भएकाले खेती गर्न सहज छ । यसको उत्पादन वर्षाको समय हुने भएकाले बाली स्याहार्ने बेला किसानले सजकता भने अपनाउनु पर्छ”, उनले भने ।
गत वर्ष १२ सय १० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा छ हजार १२३ मेट्रिक टन उत्पादन भएको केन्द्रका सुचना अधिकारी शंकर पौडेलले बताए । आर्थिक वर्ष २०७७÷७८ मा सात सय हेक्टर क्षेत्रफलमा तीन हजार तीन सय ६० मेट्रिक टन उत्पादन भएको थियो ।
“चैतेधानको क्षेत्रफल र उत्पादन दुवै वृद्धि भइरहेको छ । लगानी र उद्देश्यअनुसारको उत्पादन भने अझै हुन सकेको छैन”, सूचना अधिकारी पौडेलले भने । क्षेत्रफल र उत्पादन अझ बढाउन सके अन्यत्र धान निर्यात गर्न सकिने उनको भनाइ थियो ।
सूचना अधिकारी पौडेलका अनुसार धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधा तथा कृषिमा यान्त्रिकीकरणका लागि अनुदान प्रदान गरेको छ ।
चैतेधानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिन्छ । गैँडाकोटको ११ र १२, कावासोतीको ९ देखि १७ वडामा चैते धानको उत्पादन बढी हुन्छ । उत्पादित चैतेधान कृषकले नै बिक्री गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
सूचीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिने
चैत २९, २०८० बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार