गैँडाकोटमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुँदै
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार २०:२०:४६
२३ माघ, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता–२०७९’ हुने भएको छ । यही माघ २६ देखि आगामी फागुन १ गतेसम्म गैँडाकोट–९ मा रहेको नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले नवप्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले संस्थाका नाममा खेल मैदानको जग्गा प्राप्ती, मैदानको संरक्षणका लागि तटबन्धनलगायत पूर्वाधार विकासमा काम गर्न भने बाँकी रहेको बताए ।
नगरप्रमुख मदनभक्त अधिकारीले प्रतियोगिताले गैँडाकोटको चिनारीलाई उजागर गर्ने बताए । प्रतियोगिताले गैँडाकोटसहित देशभर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै नगरप्रमुख अधिकारीले प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रतियोगिताका निर्देशक एवं नवलपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्षसमेत रहनुभएका गैँडाकोट–९ का वडाध्यक्ष धामनाथ सापकोटाले प्रतियोगिता गैँडाकोटको गौरवको विषय भएको बताए । उनले नेपाल क्रिकेट सङ्घमा आबद्ध छिमेकी जिल्लालाई आधार बनाइ टोली छनोट गरिएको बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित रु दुई लाख तथा उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजलाई रु १० हजार, इमर्जिङ प्लेयरलाई रु सात हजार, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डरलाई रु पाँच/पाँच हजार तथा हरेक दिन घोषित हुने म्यान अफ द म्याचलाई रु एक हजार पाँच सय प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी र चितवन गरी आठ टोलीको सहभागिता रहने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार