जाम्बियामा हैजाको प्रकोप दिन प्रतिदिन बढ्दै
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार २०:३२:१३
२३ माघ, एजेन्सी । जाम्बियामा हैजाको प्रकोप बढ्दै गएको बताइएको छ । यहाँको वुहाबी जिल्लामा मात्र हैजाका सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि ३६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार गएको २४ घन्टामा सो जिल्लामा हैजाका संक्रमित भेटिएका बताइएको छ ।
यहाँ हैजाबाट एकजनाको ज्यान गएको छ भने अरु आठ जना अस्पतालमा गम्भीर अवस्थामा रहेका बताइएको छ । जाम्बियाको पूर्वी जिल्लामा हैजाको प्रकोप फैलिँदै गएको पाइएको बताइएको हो । आइतबारसम्म यहाँ यसका संक्रमितहरु ३६ जना पुगेका र दिन प्रतिदिन बढ्दै गएकाले हैजाको नियन्त्रणका लागि यहाँका स्वास्थ्य अधिकारीहरुलाई आग्रह गरिएको छ ।
मलावीको सीमा क्षेत्रमा पर्ने उक्त जिल्लामा हैजाको प्रकोप बढ्दै गएको र सो जिल्लामा हैजा विरुद्धको खोप दिने काम भइरहेको जाम्बियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
सो क्षेत्रमा गत महिनादेखि नै यसको प्रकोप बढेको र त्यसपछि स्वास्थ्यकर्मीहरु खटाएर यसको उपचार र थप सतर्कता अपनाइएको भन्दै यहाँका १५ हजार पाँच सयभन्दा बढी व्यक्तिलाई हैजाका विरुद्धको खोप दिइएको सो मन्त्रालयले जनाएको छ ।
जाम्बियामा विगतका वर्षहरुमा पनि हैजाको प्रकोप फैलिने गरेको थियो । त्यसैले यहाँका स्वास्थ्य अधिकारीहरुले आम नागरिकलाई खानपिन र स्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार