१९ चैत्र २०७९, आईतवार

अफगानिस्तानमा चार हजार ५ सय लागुऔषध दुर्व्यसनी पक्राउ

प्रकाशित मिति :  २३ माघ २०७९, सोमबार १७:४८


२३ माघ, एजेन्सी । अफगानिस्तानको काउन्टर कोर्कोटिक्स प्रहरीले गत हप्ता पश्चिमी हेरात प्रान्तका विभिन्न स्थानबाट चार हजार ५०० लागुऔषध दुर्व्यसनीहरूलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई पुनःस्थापना केन्द्रमा पठाइएको सरकारी बख्तर समाचार एजेन्सीले सोमबार उल्लेख गरेको छ ।

दुर्व्यसनीमा फसेका व्यक्तिहरू निको भएर परिवारमा समाहित हुने अपेक्षा गरिएको प्रान्तीय पुनर्स्थापना केन्द्रका प्रमुख फैजुद्दीन रहिमीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

यस अवधिमा लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा विभिन्न स्थानबाट ७०० भन्दा बढी व्यक्तिलाई पनि पक्राउ गरिएको सञ्चारमाध्यमले जनाएको छ । यसै बीच प्रहरीले सो प्रान्तमा २३ वटा लागुऔषध प्रशोधन प्रयोगशाला नष्ट गरेको बताइएको छ ।

हाल हेरातको पुनःस्थापना केन्द्रमा चार सय लागुऔषध दुर्व्यसनीले उपचार गराइरहेका छन् । केन्द्रका प्रमुख रहिमीले प्रदेशमा लागुऔषधको दुर्व्यवहारलाई जरैदेखि उखेल्ने प्रयास गरिरहेको बताएका छन् । यसअघि जनवरी १२ गते पनि प्रतिरक्षा प्रहरीले हेरात प्रान्तका विभिन्न भागबाट लागुऔषध दुव्र्यसनीलाई नियन्त्रणमा लिएर पुनःस्थापना केन्द्रमा पठाएको थियो।


39
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा