माइस्थान तथा मिना बजार क्षेत्रका सडकका अव्यवस्थित तरकारी तथा फलफुल बजार गिता मन्दिर नजिकको खाली जग्गामा स्थानान्तरण
आबिद हुसेन
माघ २३, २०७९ मंगलबार १:५६:३
२३ माघ, बीरगञ्ज । बीरगञ्जको माइस्थानदेखि नेपाल टेलिकमसम्मको सडकपेटीमा हुँदै आएको तरकारी तथा फलफुल बजारलाई गिता मन्दिर नजिक रहेको खाली जग्गामा व्यवस्थापन गरिएको छ । मिना बजार क्षेत्रको सडक पेटीमै लाग्ने गरेको तरकारी तथा फलफुल बजारले आउजाउमा असहज भए पछि वीरगञ्ज महानगरपालिकाले गिता मन्दिर नजिकको खाली जग्गामा व्यवस्थापन गरेको हो ।
महानगरले गएको बुधबार सूचना जारी गर्दै माइस्थानदेखि नेपाल टेलिकमसम्मको सडकपेटी, २ र ३ नम्वर रोड आसपासको सडकपेटीमा अव्यवस्थित तरकारी बजार लगाइरहेकालाई गिता मन्दिर नजिकको खाली जग्गामा स्थानान्तरण हुन आग्रह गरेको थियो । त्यस क्षेत्रको सडक पेटीमा व्यवसाय गर्दै आएका फलफुल तथा तरकारी व्यवसायीहरु सोमबारबाट गिता मन्दीर नजिकको खाली जग्गामा पसल संचालनका लागि स्थानान्तरण भएका छन् ।
महानगरपालिकाको नगर प्रहरी र सरसफाई शाखाका प्रतिनिधिको रोहबरमा व्यवसायीलाई पसल संचालनका लागि खाली जग्गामा व्यवस्थापन गरिएको हो । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बजार व्यवस्थित बनाउन सडक पेटीमा अव्यवस्थित रहेका तरकारी तथा फलफुल बजारलाई खाली ठाउँमा व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
सोही बमोजिम सोमबारदेखि सडक पेटीमा यात्रु आउजाउ गर्नै नमिल्ने गरी थापिएका तरकारी तथा फलफुल पसललाई खाली जग्गामा स्थानान्तरण गरिएको महानगरका सरसफाई शाखा प्रमुख सर्फुद्धिन मियाँले जानकारी दिए । महानगरपालिकाले माइस्थान तथा मिना बजार क्षेत्रको सडक तथा सडक पेटीमै हुने गरेको तरकारी तथा फलफुल बजार स्थानान्तरण गरेसँगै यात्रुलाई आउजाउमा सहज भएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार