१९ चैत्र २०७९, आईतवार

काठमाडौंमा बर्डफ्लू देखिएका फार्मका कुखुरा र अण्डा नष्ट

प्रकाशित मिति :  २४ माघ २०७९, मंगलवार १०:३५


२४ माघ, काठमाडौं । काठमाडौंको तीन फर्ममा बर्डफ्लू पुष्टी भए पछि कुखुरा र अन्डा नष्ट गरिएको छ । पशु बिभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखरा र टर्की मन थाले पछि परिक्षमा पठाउँदा बर्डफ्लू पुष्टी भएको थियो ।

ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टी भएको थियो । पशु बिभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार यतिखेर तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्युनिकरण गरिएको छ ।

जसअनुसार लितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ भने रामकोट फार्ममा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ । उता, तार्केश्वर फार्ममा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ ।


143
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता