लमजुङका विद्यालयलाई ई-लर्निङ डिभाइस वितरण
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार १६:५०:२६
२४ माघ, लमजुङ । विद्यालयस्तरमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन लमजुङका ९ बटा विद्यालयलाई ई-लर्निङ बक्स वितरण गरिएको छ । रोटरी साक्षरता परियोजना २०२३ अन्र्तगत लमजुङका नौ वटा विद्यालयलाई ई-लर्निङ बक्स (लुमा डिभाइस) वितरण गरिएको हो ।
अमेरिकन रोटरी क्लव हुड साइड पोथला भ्याली र द रोज फाउन्डेशनको आर्थिक सहयोगमा जिल्लाका नौ सरकारी विद्यालयलाई लुमा डिभाइस वितरण गरिएको हो । बेसिशहर नगरपालिकाका नगर प्रमुख गुमान सिहं अर्यालले सम्बन्धित् विद्यालयका शिक्षकहरुलाई हस्तान्तरण गरे ।
रोटरी क्लब अफ पोखराको समन्वय तथा लुमा र शैक्षिक स्रोत तथा विकास केन्द्रको संयुक्त आयोजनामा शिक्षक तथा विद्यार्थीलाई प्रशिक्षण सहित ई(लर्निङ बक्स वितरण गरिएको हो ।
ई(लर्निङ बक्स (लुमा डिभाइस) को प्रयोग तथा यसबाट कसरी अध्ययन र अध्यापन गराउने भन्ने विषयमा शिक्षक तथा विद्यार्थीलाई प्रशिक्षण दिएर मात्र सामग्री उपलब्ध गराइएको शैक्षिक स्रोत तथा विकास केन्द्रका महासचिव विश्वेश्र कट्टेलले बताए ।
रोटरीको साक्षरता परियोजना अन्र्तगत यसअघि कास्कीका ११ ओटा, गोरखाका ११ ओटा विद्यालय, तनहुँ, बाग्लुङ र पर्वतको एकरएक वटा विद्यालयको लागि एकर एक वटा ई–लर्निङ बक्स वितरण गरिएको रोटरी क्लवका पुर्व डिष्ट्रिक गर्भनर किरण श्रेष्ठले बताए ।
कार्यक्रममा लुमा सस्थाका समन्वय प्रमुख नन्दलाल भण्डारीले गण्डकी प्रदेशमा ३५ वटा विद्यालयमा उक्त कार्यक्रम संचालन भएको भन्दै नेपाल अधिराज्यमा विकट ठाउँमा बसोवास गर्दै आएका र पाठ्यपुस्तकको पहुँच नपुगेका बालबालिकालको स्तर एउटै गर्ने उक्त कार्यक्रमको उद्देश्य रहेको बताए । शिक्षालाई प्रविधिमैत्री बनाउने एउटा उपकरण लुमा डिभाइस हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षकमाथि कारवाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण
बैशाख १३, २०८१ बिहिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
खोला किनारमा निर्माणाधीन बसपार्क
बैशाख १३, २०८१ बिहिबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार