१३ चैत्र २०७९, सोमबार
राजनीति

मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल गर्न बालुवाटार पुगे ओली

प्रकाशित मिति :  २४ माघ २०७९, मंगलवार १२:२५


२४ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन् । उनी मंगलबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । अहिले प्रचण्ड नेतृत्वको सरकारमा पाँच मन्त्रालय मन्धविहिन छ ।

प्रधानमन्त्री प्रचण्डले सुरुमा नै युवा तथा खेलकुद र बन मन्त्रालयमा मन्त्री नियुक्त गरेका थिएनन् भने राष्ट्रिय स्वतन्त्री पार्टी (रास्वपा)ले सरकार छाडेपछि तीन मन्त्रालय रिक भएका छन् , रास्वपाले गृह, शिक्षा र श्रम रोजगारसहित स्वास्थ्य राज्यमन्त्री लिएर सरकारमा गएको थियो । नागरिकता विवादमा सर्वोच्चको फैसलाापछि उपप्रधानसहित गृहमन्त्री रहेका रास्वपाका सभापति रवि लामिछानेको पद गएको थियो । अहिले सबै रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले लिएका छन् ।

रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्नेबारे छलफल गर्न ओली बालुवाटार गएका हुन् । ओलीले रास्वपालाई सरकारमा रोकि राख्न नसकेको भन्दै प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाएका छन् । रास्वपाले सरकार छाडेपछि प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजावदी पार्टी र जनता समाजवादी पार्टीलाई सरकारमा सहभागि गराउने प्रयास गरिहेको छन् । तर, नेकपा एमाले अध्यक्षन ओलीले भने नेकपा एसलाई सरकारलमा सहभागि गराउने कुराको विरोध गर्दै आएका छन् ।

यी दुई दलसँगको छलफल विना प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने मनसाय नदेखाएपछि ओलीले चाँडै मन्त्रिमण्डललाई पुर्णता दिनुपर्नेमा जोड दिएका छन् । अहिले अरु दल सहभागि नहुने अवस्था रहेमा पनि एमाले र माओवादी लगायत सरकारमा रहेका दलबाट थप मन्त्रालय भागबन्डा गरेर मन्त्रिपरिषदलाई पुर्णता दिनुपर्ने बताउँदै आएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले भने तत्कालै मन्त्रिमण्डललाई पुर्णता दिने सोच नबनाएको बताइएको छ ।


910
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


कस्तो छ, आजको मौसम ?
नेपालबहस संवाददाता