१९ चैत्र २०७९, आईतवार

टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन

प्रकाशित मिति :  २४ माघ २०७९, मंगलवार १४:३५


२४ माघ, टर्की । टर्कीमा गएको भूकम्पपछि आफ्ना खेलाडी विंगर क्रिस्टियन अत्सु सम्पर्कविहीन रहेका भन्दै घाना फुटबल संघले खोजी गरिदिन आग्रह गरेको छ ।

सोमबार टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भूकम्पपछि अस्तु पनि सम्पर्क नआएपछि घानाले सो आग्रह गरेको हो । सो भूकम्पबाट करिब ५ हजारले ज्यान गुमाइसकेका छन् । वर्षासँगै चिसो पनि बढेपछि उद्धार र राहतमा समस्या भएको उद्धारकर्मीले जनाएका छन् ।

टर्की सरकारले प्रभावित क्षेत्रमा उद्धार र खोजीकार्य जारी रहेको र खेलाडी अत्सुको पनि खोजी भइरहेको जनाएको छ । हटेस्पोरका ३१ वर्षका अत्सुले आइतबार सुपर लिग गेममा कासिम्पासविरुद्ध अन्तिम समयमा निर्णायक गोल गरेका थिए । अत्सुले न्यक्यासल युनाइटेडबाट पाँच सिजन खेलेका थिए । घाना फुटबल संघले अत्सुसँग सम्पर्क गर्ने प्रयास भइरहे पनि उनको बारेमा केही खबर नआएको जनाएको छ ।

‘हामी क्रिस्टियन अत्सु सकुशल हुन् भन्ने कामना गर्छौ,’ घाना फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै हामी टर्की र सिरिया भूकम्पबाट प्रभावितहरुको पनि स्वास्थ्य लाभको कामना गर्छौं ।हामी टर्की फुटबल संघ र हटेस्पोरसँग सम्पर्क गर्ने प्रयासमा छौँ । हामी सुखद् खबरको पर्खाइमा छौँ ।’


65
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता