सभापति देउवाविरूद्धकाे रिट सर्वोच्चमा दर्ता
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार २२:२:३५
२४ माघ , काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदमा प्रमुख विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।
यसअघि सर्वोच्च प्रशासनले रिटमा उठाएको विषय संघीय सचिवालयको क्षेत्रधिकारभित्र पर्ने भन्दै दर्ता गर्न नमानेको रिट निवदेनलाई न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न मंगलबार आदेश दिएको हो ।
रिट निवेदन लिएर अधिवक्ता विमलप्रसाद सर्वोच्च पुगेका थिए । रिट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध पौडेलले निवेदन दिएका थिए । मंगलबार भएको दर्ताको आदशेसँगै अब रिट निवदेनमाथि सुनुवाइ हुनेछ । बुधबारका लागि सुनुवाइ पेशी तोक्न समेत आदेश भएको रिट निवेदक पौडेलले बताए ।
रिटमा नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सरकार गठनमा विश्वासको मत दिएर विपक्षी दलको हैसियत गुमाएकाले सभापति देउवालाई विपक्षी दलको नेता बनाउने निर्णय बदर गर्न र संवैधानिक परिषदको बैठकमा उपस्थित हुन रोक लगाउन माग गरिएको छ ।
तर यसअघि नै संघीय संसद सचिलायले कांग्रेस संसदीय दलका नेता देउवालाई नै प्रमु्ख विपक्षी दलको प्रमुख नेताको सेवा सुविधा, सुरक्षा र कार्यालय पनि उपलब्ध गराउने निर्णय गरिसकेको अवस्था छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला सहभागिताले न्याय क्षेत्र उत्साहित छः श्रेष्ठ
चैत ९, २०८० शुक्रबार
मनकुमारी सिंहलाई डेढलाख धरौटीमा रिहा गर्न आदेश
चैत ४, २०८० आइतबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार