२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको ५९ वर्षको उमेरमा निधन भएको छ । मंगलबार शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा उनको निधन भएको छोरा नर्बु घलेले जानकारी दिए ।
प्रोस्टेट क्यान्सरबाट ग्रसित भएपछि लामो समयसम्म भारतमा उपचार गराएका घले केही समयदेखि नेपालमै उपचाररत थिए । मनाङका स्थायी निवासी घले व्यवसायीसमेत हुन् ।
नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी ०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । उनले लामो समय भारतको नयाँ दिल्लीमा रहेर उपचार गराएका थिए ।