१९ चैत्र २०७९, आईतवार
मन्त्रिपरिषदको निर्णय
राजनीति

सरकारले पेट्रोलियम पदार्थ अन्वेषण गर्न ४५ र नागमती बाँध आयोजनका लागि १४ रोपनी जग्गा दिने

प्रकाशित मिति :  २४ माघ २०७९, मंगलवार १७:४७


२४ माघ, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको अन्वेषणका लागि ४५ र नागमती बाँध आयोजनाका लागि १४ रोपनी जग्गा उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य मन्त्रालयको प्रस्तावमा दैलेखको भैरवी गाउँपालिका १ जलजलेको ४५ रोपनी जग्गा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री शेखा शर्माले बागमती बाँध आयोजनाको काम अघि बढाउन काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको बताइन् ।

यसैगरी, भारतमा आयोजना हुने नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको १० औँ बैठकमा भाग लिन ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने, सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवदर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सघीय संसदमा पेस गर्न स्वीकृति दिने, २०७९ फागुन १ गतेदेखि ५ गतेसम्म रक्षामन्त्रीको भारत भ्रमणलाई स्वीकृति दिने निर्णय गरेकोउनले बताइन् ।

प्रवक्ता शर्माका अनुसार सरकारले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यलाई हिमाल आरोहण गर्दा लाग्ने दस्तुरलाई छुट गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत १२ औँ तहका डा. दीपेन्द्ररमण सिंहलाई फागुन २९ देखि चैत्र २ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने फेसटुफेस मिटिङमा सहभागी हुन स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।

त्यसैगरी, सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई सङ्घीय मामिला मन्त्रालयमा र सघीय मामिला मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत सरुवा गर्ने निर्णय गरेको छ । सरकारले नागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर नगपालिकाको वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिने लगायतका १४ वटा निर्णय गरेको शर्माले बताइन् ।

यस्ता छन मन्त्रिपरिषदका निर्णयः


143
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता